ओमाेडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’, मनसुनको लागि गाडी तयारी
काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी...
नयाँ दिल्ली – बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बीवाईडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भयो ।
उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो । निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाईडी ब्लेड ब्याट्री निकै सुरक्षित बनेको थियो ।
मिडियालाई देखाइएको परिक्षणमा एनसीएम ब्याट्री र बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षित डोम भित्र गरिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यही प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने केही भएन ।
बीवाईडी इन्डियाका नेसनल सेल्स हेड, प्यासेन्जर भेइकल बिजनेश युनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरुलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए । उनले भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जको लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन् ।’
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेड मात्र पुगेको थियो । जबकी अन्य एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो । तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा भएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।
निकै स्मार्ट र स्लिम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पु-याउनु हो, त्यही कारण सिंगल ब्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ । बीवाईडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी...
काठमाडौं–मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइको बजारको...
चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...