यसरी भइरहेको छ सवारीसाधनको फिटनेस टेष्ट

काठमाडौं – सवारी साधनको फिटनेट परीक्षण गर्नका लागि काठमाडौंको टेकुस्थित भेइकल फिटनेस टेष्ट सेन्टर स्थापना भएको छ । तर कार्यविधि नबन्दा कुनै पनि सवारीलाई परीक्षण अनिवार्य भनेर तोकिएको छैन। त्यसैले ट्राफिक चेकिङमा परेका ८र १० वटा सवारी साधानहरु आउछन् त्यसैलाई मात्र चेक जाँच गरिएको भेइकल फिटनेस टेष्ट सेन्टर टेकुका प्रमुख मनिराम भुसाल बताउँछन्।

मेसिनले गर्ने टेष्ट समेत भइरहेको छैन। मौखिक रुपमा यसो हेरेको भरमा चेक जाँच गर्ने काम भइरहेको छ। हाल म्यान्युअल रुपमा टेष्ट भइरहेको भुसालको भनाइ छ। भुसालका अनुसार यसलाई हाम्रो अहिले रहेको पुरानो यातायात व्यवस्थापन निर्देशिकामा भएका केही सामान्य कुराहरुलाई आधार बनाएर चेक जाँच गरिएको छ। तर निजी सवारी साधनको अवस्था चेक जाँच गर्ने व्यवस्था अहिलेसम्म भएको छैन ।

यो उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुबै खालका सवारी साधन आ-आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन कुन भागको अवस्था कस्तो छ भनी जानकारी दिनेछ। सवारी साधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनः मर्मत गरेर ल्याएर अवस्था ठीक भएपछि मात्रै प्रमाणपत्र पाउने व्यवस्था हुनेछ।

यो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ। अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाङ्ग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ।

त्यससँगै च्यासिस खिया वा कोतरिएको अवस्था बुझ्नका लागि भिजुअल इन्स्ट्रक्सन समेत हुने गरेको छ। हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पुर्याएर र गह्रौँ सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गरिन्छ।

भन्सारबाट आएका विद्युतीय गाडीहरु पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ।

सम्बन्धित समाचारहरू

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी ब्रान्डको तीनपाङ्ग्रे अटोले अयोजना गरेको रोड शो कार्यक्रम देशका...

हुने–नहुने सबैथोक गर्छन्, आखिर के गर्छन् त मान्छे कारभित्र ?

हुने–नहुने सबैथोक गर्छन्, आखिर के गर्छन् त मान्छे कारभित्र ?

अमेरिकाको उत्तर–पूर्व । न्यु ह्याम्सर राज्य । म काममा निस्कने बेला...

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...