सामान्य र टर्बोचार्ज्ड इन्जिनमा के फरक छ ?

कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र टर्बोचार्ज्ड इन्जिन जडान गरिएको हुन्छ । यी दुई इन्जिनमा के भिन्नता छ, जान्नुहोस् ।

सामान्यतया बजारमा उपलब्ध कारमा सामान्य इन्जिन जडान गरिएको हुन्छ, जसको बिक्री पनि टर्बोचार्ज्र्ड इन्जिन भन्दा बढी हुन्छ । सामान्य र टर्बोचार्ज्ड इन्जिन चलाउन मुख्यतया ३ वटा कुरा आवश्यक हुन्छ । यसमा स्पार्क, फ्युल र हावा समावेश हुन्छ । यही ३ कुराले गर्दा इन्जिन चल्छ ।

सामान्य इन्जिन
बजारमा सामान्य इन्जिन भएको कार बढी पाइन्छ । सामान्य इन्जिनको ग्याँस सिलिन्डरमा प्राकृतिक तरिकाले हावा पठाइन्छ । यसमा हावालाई बिना कुनै बल प्रयोग गरी सिलिन्डरमा पु¥याइन्छ । यस्तो इन्जिनहरू प्रायः ४ स्ट्रोकका हुन्छ । जसको माध्यमबाट ४ चरणमा ऊर्जा निर्माण हुन्छ । पहिलो स्ट्रोकमा पिस्टन तल सर्छ र च्याम्बरमा हावा र फ्युल बलियो हुन्छ । दोस्रो स्ट्रोकमा पिस्टन माथि आउँछ र तेस्रो स्ट्रोकमा स्पार्क प्लग मार्फत इन्धन र हावा प्रज्वलित हुन्छ र पावर जेनेरेट हुन्छ । चौथो चरणमा ग्याँस निस्कन्छ ।

टर्बोचार्ज्र्ड इन्जिन
सामान्य इन्जिनमा साना टर्बाइनहरू जडान गरियो भने यसले पनि टर्बोचार्ज्र्ड इन्जिन जस्तै काम गर्छ । यी साना टर्बाइन मार्फत इन्जिनमा जाने हावाको चाप बढाइन्छ । यसले चेम्बरमा थप हावा रोक्छ र इन्जिनको पावर बढाउँछ । यसले सामान्य इन्जिन भन्दा बढी पावर आउटपुट दिन्छ ।

सामान्य इन्जिनको तुलनामा टर्बोचार्ज्र्ड इन्जिनले बढी पावर जेनेरेट गर्छ । जसको कारणले गर्दा कम्पनीले पनि टर्बोचार्ज्ड इन्जिनलाई प्राथमिकता दिइन्छ ।

टर्बोचार्ज्र्ड इन्जिनले सामान्य इन्जिनको तुलनामा कम इन्धन खपत गर्छ । आकारमा सानो भए तापनि टर्बोचार्ज्र्ड इन्जिनले बढी माइलेज दिन्छ ।

सामान्य इन्जिनमा, इन्जिन बाहेक कुनै पनि अलग पार्ट्स र प्रविधि प्रयोग गरिदैन । तर टर्बोचार्ज्र्ड इन्जिनमा इन्जिनका साथै अन्य धेरै पार्ट्स र प्रविधि थपिन्छ । यस्तो अवस्थामा टर्बोचार्ज्ड इन्जिनको सर्भिसिङ पनि महँगो हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...