सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको सीजी मोटर्सले इलेक्ट्रिक ट्याक्सी भित्र्याउने भएको छ । हाल काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी मात्र उपलब्ध भइरहेको समयमा आगामी दिनमा इलेक्ट्रिक ट्याक्सी उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर चलाउन सकिने उक्त ट्याक्सीको वारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । ट्याक्सी व्यवसायमार्फत वातावरण संरक्षणमा योगदान पु-याउनुका साथै व्यवसायीहरुलाई थोरै खर्चबाट धेरै आम्दानी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले ट्याक्सी सेगमेन्टका विद्युतीय सवारी भित्र्याउने योजना बनाएको बताइएको छ ।

नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हाल इलेक्ट्रिक कार नेटा भीका साथै केवाईसी भी५ मिनी भ्यान बिक्री–वितरण गरिरहेको छ भने ओला इलेक्ट्रिक स्कुटर समेत छिट्टै नै बिक्री शुरु गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नागपोखरीमा खुल्यो याडियाको नयाँ सर्भिस सेन्टर

नागपोखरीमा खुल्यो याडियाको नयाँ सर्भिस सेन्टर

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…यस्ताे

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…यस्ताे

काठमाडौं – ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।...

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...