जीडब्लुएम नेपालको ‘बाइ ग्रेट, सेभ बिग’ अफर सार्वजनिक, गाडी किन्दा ५ लाख सम्म फाइदा

काठमाडौँ – ग्रेटवाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बिग’ अफर ल्याएको छ ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने र यो अवधिमा खरिद गरिएका जीडब्लुएमका सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीको भनाइ छ । कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बिग’ अफर सार्वजनिक गरेको हो । यस अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास लिइएको बताइएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बिमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एसेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन् ।

जीडब्लुएम अर्थात ग्रेटवाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जीडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

जीडब्लुएम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । भीजी इम्पेक्स नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्यधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स अर्थात ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको बताएको छ ।

जीडब्लुएम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेइकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...

स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता...

एमएडब्लू अर्थमुभर्सले नेपाली बजारमा ल्यायो जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एस्काभेटर

एमएडब्लू अर्थमुभर्सले नेपाली बजारमा ल्यायो जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एस्काभेटर

काठमाडौं – एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...