‘राज्यको नीति स्पष्ट नहुँदा व्यवसाय गर्न कठिन भयो’ शशिकान्त अग्रवालको अन्तर्वार्ता
टु ह्विलर स्पेयर पार्ट्सको व्यवसायमा छुट्टै पहिचान वनाएको कम्पनी हो...
टाटा गाडीको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले कमर्सियल भेइकलमा प्रयोग हुने जेन्यूइन पार्ट्सको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । टाटाका लाइट तथा हेभी कमर्सियल भेइकलमा प्रयोग हुने रनिङ पार्ट्समा कम्पनीले पुष १७ देखी लागु हुनेगरी २२ प्रतिशतले मूल्य कम गरेर सो सूची सार्वजनिक गरेको हो ।
बजारमा आर्थिक गतिविधी सुस्त भएसंगै यसले ग्राहकलाई मार पारेको भन्दै उनीहरुलाई राहत प्रदान गर्न यसरी मूल्य कम गरिएको कम्पनी स्रोतको भनाई छ । मूल्य कम भएपछि ग्राहकले सुपथ मूल्यमै जेन्यूइन पार्ट्स खरिद गरी गाडीको सर्भिसिङ एवं मेन्टिनेन्स गराउन सक्नेछन् ।
नेपालको कमर्सियल भेइकल बजारमा टाटाले विगत लामो समयदेखी बजारको नेतृत्व लिँदै आइरहेको छ । यो व्राण्डको मिनी पिकअप ट्रकदेखी ठूला ट्रक, टिप्पर र वस लगायत सावरी साधन नेपाली बजारमा विक्री हुँदै आएका छन् । यी सवारी साधनको मर्मत सम्भारमा टाटाकै जेन्यूइन पार्टस्को प्रयोग गर्न आह्वान गर्दै कम्पनीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै अइरहेको छ ।
जेन्यूइन पार्टस् प्रयोग गरेर सिप्रद्धीको आधिकारिक सर्भिस सेन्टरमा गाडीको मर्मत सम्भार गराउँदा ग्राहकले स्पेयर पार्ट्समा ६ महिना आर्थत ५० हजार किलोमिटरसम्मको वारेन्टि पाउने कम्पनीको भनाई छ । जेन्यूइन पार्ट्सको प्रयोगले सवारी साधनको आयू लम्विने, मर्मत सम्भार खर्च कम पर्ने र उत्पादकत्व बृद्धि हुने जस्ता फाइदा लिन सकिन्छ ।
टु ह्विलर स्पेयर पार्ट्सको व्यवसायमा छुट्टै पहिचान वनाएको कम्पनी हो...
काठमाडौं – नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता...
युनो मिन्डाले सवारी चालकको सेफ्टी र उत्कृष्ट भिजिविलिटीलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...