अटो एक्सपो २०२३ : यी ५ व्राण्डले देखाए हाइड्रोन सेलबाट चल्ने गाडी

भारतको नयाँ दिल्लीस्थित ग्रेटर नोयडामा जारी अटो एक्सपो २०२३ मा दर्जनौ सवारी उत्पादकले सहभागिता जनाएका छन् । एक्सपोमा विभिन्न व्राण्डले कम्वस्चन इन्जिन, इलेक्ट्रिक, हाइव्रिड र हाइड्रोजन सेलबाट चल्ने सवारी साधनलाई उच्च महत्वका साथ प्रदर्शनीमा राखेका छन् ।

यसपटकको एक्सपोमा ग्रिन इनर्जीमा आधारित इलेक्ट्रिक कार र वाइकले एक्सपो अवलोकनकर्ताको ध्यान आकृष्ट गरिरहेको छ । यो एक्सपोमा हुन्डाई, टाटा, सुजुकी, टोयोटा, विवाइडी, एमजी, किया र विएमडब्लू लगायत ब्राण्डले इलेक्ट्रिक कारलाई प्रदर्शनीमा राखेका छन् भने यी मध्ये केही व्राण्डले भविषयमा सार्वजनिक हुने तयारी भइरहेका इभीको कन्सेप्टवारे जानकारी समेत दिइरहेका छन् ।

एक्सपोमा टोयोटा, हुन्डाई र एमजीले हाइड्रोजन सेलाबाट चल्ने प्यासेन्जर कारलाई प्रदर्शनीमा राखेका छन् भने टाटा र आइसरले यो प्रविधीमा आधारित कमर्सियल भेइकललाई देखाएको छ । टोयोटाले हाइड्रोजन सेलबाट चल्ने मिराईलाई शोकेस गर्दा एमजीले यूनिक ७ एमपिभीलाई सोकेश गरिरहेको छ । यसैगरी कोरियन अटो निर्माता हुन्डाइले हाईड्रोजन सेलबाट चल्ने नेक्सो एसयूभीलाई प्रदर्शन गरेको छ ।

टाटा र आइसरले भने यो प्रविधीमा आधातिर कमर्सियल भेइकललाई देखाएका छन् । टाटा मोटर्सले प्राइमा सहित अर्को ट्रकलाई हाइड्रोजन सेलबाट चल्ने मोडलमा उतारेको छ भने भल्भो आइसरले पनि आफ्नो ट्रकको प्रोटोटाइप प्रदर्शन गरेको छ ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सले चांगन इलेक्ट्रिक भ्यान ल्याउने, ईभी एक्सपोमा प्रदर्शन गरिने

सीजी मोटर्सले चांगन इलेक्ट्रिक भ्यान ल्याउने, ईभी एक्सपोमा प्रदर्शन गरिने

काठमाडौं – नेपाली बजारमा चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध हुने भएका छन् ।...

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

भोलीदेखी भारतमा अटो एक्सपो २०२३ शुरु हुँदैछ । एक हप्तासम्म चल्ने उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...