महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ दिल्लीमा जारी अटो एक्सपोमा इलेक्ट्रिक कारको इभिएसक्स कन्सेप्टसंगै अन्य २ नयाँ एसयूभीलाई समेत प्रदर्शनीमा राखेको छ । सुजुकीले यी दुई नयाँ एसयूभीमध्ये जिम्नी ५ डोरको ग्लोवल प्रिमियर गरेको छ भने अर्को नयाँ एसयूभी फ्रंक्सलाई सार्वजनिक गर्दै वुकिङ समेत खुल्ला गरेको छ ।

जिम्नी ५ डोरलाई सुजुकीले यसै वर्षको मध्येतिर लन्च गर्ने जनाएको छ । यो लाइफ स्टायल अफरोड एसयूभीको सवैभन्दा पहिला भारतमा बिक्री शुरु हुने र त्यसपछि अन्तराष्ट्रिय बजारमा पठाइने कम्पनीको भनाई छ । ल्याडर फ्रेम चेसिसमा आधारित यो एसयूभी फोर ह्विल ड्राइभमा उपलब्ध हुने र यसले महिन्द्राको निकट भविषयमा आउने तयारी भइरहेको ५ डोर थारसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

जिम्नीलाई सुजुकीले १.५ लिटर पेट्रोल इन्जिनमा माइल्ड हाइव्रिड टेक्नोलीजीका साथ बजारमा उतार्न लागेको हो । यसमा आइडल स्टार्ट÷स्टप टेक्नोलोजी समेत उपलब्ध हुनेछ । यो एसयूभीको पावर १०५ पिएस र टर्क १३४ एनएम रहने दावी गरिको छ । यो ५ स्पिड म्यानुल र ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ । जिम्नीको ग्राउन्ड क्लिरियन्स २१० एमएम र ह्विलवेश २५९० एमएम लामो हुनेछ ।

यो अफरोड एसयूभीमा एचडी डिस्प्ले सहितको ९ इन्चको स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कार एवं एन्ड्रोइड अटो कनेक्टिभिटी, अर्कामिजको साउन्ड सिस्टम, ६ वटा एयरव्याग, व्रेक लिमिटेड स्लिप डिफ्रेन्सियल, हिल होल्ड एसिस्ट सहितको इएसपी, हिल्ड डिसेन्ट कन्ट्रोल, रियर भ्यू क्यामेरा र इविडी सहितको एविएस लगायत आधुनिक फिचर उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकीले आफ्नो ईभी उत्पादन दुई तिहाईले घटाउने, यस्तो छ कारण

मारुती सुजुकीले आफ्नो ईभी उत्पादन दुई तिहाईले घटाउने, यस्तो छ कारण

अमेरिकासंग व्यापार युद्ध सुरु भएपछि चीनले लिएको एक निर्णयले विश्वका ठूला...

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको...

मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान

मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान

मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...