टिभिएस रोनिनसंग प्रतिस्पर्धा गर्न किवेले ल्यायो एसआर२५०

किवेले भारतमा रेट्रो स्टायलको नयाँ वाइक सार्वजनिक गरेकको छ । नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा उसले एसआर २५० लाई सार्वजनिक गरेको हो । मोटरसाइकलको मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । यो नयाँ वाइकले टिभिएस रोनिनसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

यो नयाँ मोटरसाइकलको डिजाइन एवं लुक्स कावासाकी डव्लू१७५ को जस्तै देखिएको छ । वाइकमा गोलाकार हेडल्याम्प, टियरड्रप आकारको फ्यूल ट्यांक र फ्ल्याट सिट दिइएको छ । वायर स्पोक ह्विल र क्रोम अपस्वेप्ट एक्जस्ट दिइएको यो मोटरसाइकल परम्परागत डिजाइनको देखिन्छ ।

वाइकमा २२३ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १५.८ विएचपी र टर्क १६ एनएम रहेको छ । वाइकको अगाडी टेलिस्कोपिक फर्क सस्पेन्सन र पछाडी डुअल शक एव्जर्वर दिइएको छ । यसको दुवै चक्कामा डुअल च्यानल एविएस सहितको डिस्क व्रेक जडान भएको छ ।

किवे नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको व्राण्ड हो । यो व्राण्डको मोटरसाइकललाई वेनेली बिक्रेता केटिएम इन्टरनेश्नल ट्रेडिङले आयत गरी कारोवार गरिरहेको कारण निकट भविष्यमा कम्पनीले एसआर२५० लाई समेत नेपाल ल्याउन सक्ने आँकलन गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...