हुन्डाई क्रेटा पनि इलेक्ट्रिकमा, २०२५ सम्ममा सार्वजनिक हुने अनुमान

काठमाडौं– मिड साइज एयूभीमा सर्बाधिक लोकप्रिय मोडल क्रेटालाई हुन्डाईले इलेक्ट्रिक भर्सनमा उतार्ने भएको छ । क्रेटालाई इलेक्ट्रिक अवतारमा उतार्ने गरी कम्पनीले काम अघि बढाएको न्यूज पोर्टल अटो कार इण्डियामा समाचार प्रकाशन भएको छ । यो कार २०२५ को पहिलो क्वार्टरमा लन्च भइसक्ने र मूल्य १५ देखी ३० लाख भारुसम्म पर्ने आँकलन गरिएको छ ।

हुन्डाई इण्डियाले क्रेटा इभीलाई आफ्नो प्रतिस्पर्धी व्राण्ड मारुती सुजुकीले निकट भविष्यमा ल्याउने तयारी थालेको वाइवाई८ इभीसंगै बजारमा ल्याउन लागेको हो । सुजुकीले यो इलेक्ट्रिक एसयूभीलाई टोयोटासंगको सहकार्यमा बजारमा ल्याउने यसअघि नै वताइसकेको छ ।

भारतको प्यासेन्जर कार बजारमा दोस्रो स्थान हाँसिल गर्दै आइरहेको हुन्डाइले हाल कोना र आयोनिक५ इलेक्ट्रिक कार आयत गरी विक्री गर्दै आइरहेको छ । उसले २ दिनपछि आयोजना हुने अटो एक्सपोमा आयोनिक६ लाई समेत प्रदर्शन गर्ने वताएको छ ।

इभी सेग्मेन्टमा टाटा आक्रमक भएर आएपछि कम्पनीमाथी जतिसक्दो छिटो कम मूल्यमा इलेक्ट्रिक कार उतार्नुपर्ने दवाव सिर्जना भएको छ । जसलाई मध्येनजर गर्दै हुन्डाइले सन् २०२८ सम्ममा आधा दर्जन वढी मोडलका इभीलाई भारतमै उत्पादन गर्ने योजना अघि सारेको छ । यो योजना कार्यन्वयन गर्न उसले ५०० मिलियन डलर लागानी थप गर्ने घोषण समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक मोटरसाइकलको खरिदमा ४० हजारसम्म छुट

इलेक्ट्रिक मोटरसाइकलको खरिदमा ४० हजारसम्म छुट

काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४०...

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाले सार्वजनिक गर्ने तयारी गरिरहेको पहिलो इलेक्ट्रिक कार इनायक आइभी...

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...