भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
महंगो र प्रिमियम वाइक व्राण्ड डुकाटीले यो वर्ष भारतमा ९ वटा नयाँ मोडल लन्च गर्ने भएको छ । साथै उसले थप दुई नयाँ शोरुम समेत संचालनमा ल्याउने तयारी थालेको मिडिया रिपोर्टमा जनाइएको छ । भारतमा डुकाटीले एक वर्षमा यति धेरै नयाँ मोडल लन्च गर्र्न लागेको यो पहिलो पटक हो । जसले भारतीय बजार उसका लागी प्राथमिकतामा परेको प्रष्ट पार्छ ।
लन्च हुन लागेको यी सवै मोडल २०२३ का हुन् । डुकाटीका लागी नयाँ वर्षको सुरुवात हालै लन्च भएको डेजर्ट एक्स मोडलको डेलिभरीसंगै हुनेछ । यो नयाँ पावरफूल डर्ट वाइकको मूल्य १७ लाख ९१ हजार भारु निर्धारण गरिएको छ ।
यसपछि १५ लाख ९५ हजार भारुको मोन्स्टर एसपी सार्वजनिक गर्ने उसको तयारी छ । त्यसपछि क्रमश ९९९ सिसीको पेनिगेल भी४ आर, स्ट्रिट फाइटर भी४ एसपी२, अल न्यू डायभल भी४, मल्टिस्ट्राडा भी४ ¥याली, स्क्र्याम्वलर आइकन र सवैभन्दा महंगो मोडल स्ट्रिट फाइटर भी४ ल्याम्वर्गिनी लन्च हुने जनाइएको छ ।
यी वाइकको मूल्य क्रमश १५ लाख ९५ हजार, ६९ लाख ९९ हजार, ३५ लाख ३३ हजार, २५ लाख ९१ हजार, २९ लाख ७२ हजार, १० लाख ३९ हजार र ७२ लाख भारु निर्धारण भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...