राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम महाराजगञ्जमा, कुलामान घिसिङले गरे उद्घाटन

राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले महाराजगञ्जमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गरिमा अटो कन्सर्नको नामले सञ्चालनमा आएको सो शोरुमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधवार संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने वताए ।

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले आईएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको र इलेक्ट्रिक टु ह्विलरमा आफूहरु ग्राहकको पहिलो रोजाइ वन्न चाहेको भनाई व्यक्त गरे । साथै उनले राफ्ट स्कुटर पछिल्लो समय निकै लोकप्रिय वन्दै गएको समेत बताए ।

भारतीय व्रान्ड राफ्टको नेपाली बजारमा ६ भन्दा वढी मोडल उपलब्ध छन् । यी स्कुटरले एकपटकको सिंगल चार्जमा ३२० किलोमिरटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटरलाई १ लिटर पेट्रोलको मूल्यले ८ सय किलोमिटरसम्म चलाउन सकिन्छ ।

यी स्कुटरमा फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शक एव्जर्वर, विभिन्न प्रकारका राइडिङ मोड, फास्ट चार्जिङका लागी १० एम्पियसको चार्जर, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बजर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू उपलव्ध छन् ।

सम्बन्धित समाचारहरू

कम्प्युटरमा रूपान्तरण हुँदै भविष्यका कार, नयाँ प्रविधिले ड्राइभिङको नयाँ युग सुरु

कम्प्युटरमा रूपान्तरण हुँदै भविष्यका कार, नयाँ प्रविधिले ड्राइभिङको नयाँ युग सुरु

लास भेगासमा आयोजना भइरहेको विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी...

एनआईयूका विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई टुटलले ५० हजार सहयोग गर्ने

एनआईयूका विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई टुटलले ५० हजार सहयोग गर्ने

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म टुटलले राइडरहरुलाई एनआईयू ब्रान्डका...

क्यानडाले पनि चिनियाँ इलेक्ट्रिक गाडीमा कर लगाउने तयारी गर्दै

क्यानडाले पनि चिनियाँ इलेक्ट्रिक गाडीमा कर लगाउने तयारी गर्दै

क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...