जापानलाई पछि पार्दै भारत वन्यो विश्वको तेस्रो ठूलो अटो बजार

सन् २०२२ मा सवारीसाधनको विक्रीमा उछाल आएसंगै भारत विश्वको तेस्रो ठूलो अटोबजार वनेको छ । यसअघि सो सूचीको तेस्रो स्थानमा रहेको जापानलाई पछि पार्दै भारतले यस्तो उपलब्धी हाँसिल गरेको हो । २०२२ मा भारतमा कुल ४४ लाख सवारीसाधन बिक्री भएको अन्तराष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २३.४० प्रतिशतले बढी हो ।

पहिलो स्थानमा रहेको चीनले ३.६ प्रतिशतको वृद्धि हाँसिल गर्दै कुल २ करोड ४८ लाख सवारीसाधन विक्री गरेको छ भने दोस्रो स्थानको अमेरिकाले १ करोड ३८ लाख युनिट विक्री गर्न सफल भयो । यो वर्ष अमेरिकी अटोबजार ८.३ प्रतिशतले घटेको उल्लेख छ ।

जापानमा कुल ४२ लाख सवारीसाधन विक्री हुँदा उसको बजार अघिल्लो वर्षको तुलनामा ४.४० प्रतिशतले खुम्चिएको छ । पाँचौ स्थानमा रहेको जर्मनीमा २८ लाख सवारीसाधन विक्री भएको उल्लेख गरिएको छ । उसको पनि बजार २.८० प्रतिशतले कम भएको हो ।

विश्वका पाँच ठूला अटोबजार मध्ये भारतको बिक्री दर सवैभन्दा उच्च देखिएको छ । सो वर्ष भारतमा ५० लाख वढी सवारीसाधन उत्पादन भएका छन् । जुन हालसम्मकै किर्तीमानि उत्पादन रेकर्ड हो । विशाल जनसंख्या भएको देश भारतमा अझैपनि ठूलो तप्काका नागरिक निजी कारको पहुँच वाहिर रहेका छन् ।

देशको अर्थतन्त्र मजवुत हुँदै जाँदा भारतीय नागरिकको प्रतिव्यक्ती आयमा सुधार आउँदै गरेको र यसले उनीहरुको क्रयशक्ती बढेका कारण आगामी दिनमा अटोवजारले अझै गती लिने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...