हेरेकै आधारमा भइरहेको छ सवारी साधनको परीक्षण

काठमाडौंको टेकुस्थित भेइकल फिटनेस टेष्ट सेन्टरको काम सवारी साधनको परीक्षण गर्नु हो । यद्यपि आवश्यक उपकरणको अभावमा प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन । कार्यालयले हेरेकै भरमा अहिले सम्म परीक्षण गरिरहेको छ ।

कार्यविधि नबन्दा कुनै पनि सवारीलाई अनिवार्य भनेर तोकिएको छैन। त्यसैले ट्राफिक चेकिङमा परेका केही थान सवारी मात्र चेक जाँच गरिएको भेइकल फिटनेस टेष्ट सेन्टर टेकुका प्रमुख मनिराम भुसाल बताउछन् ।

मेसिनले गर्ने टेष्ट समेत भइरहेको छैन। मौखिक रुपमा यसो हेरेको भरमा चेक जाँच गर्ने काम भइरहेको छ। भुसाालका अनुसार अहिले रहेको पुरानो यातायात व्यवस्थापन निर्देशिकामा भएका केही सामान्य कुराहरुलाई आधार बनाएर चेक जाँच गरिएको छ।
तर निजी सवारी साधानको अवस्था चेक जाँच गर्ने व्यवस्था अहिलेसम्म नभएको भुसालको भनाइ छ।

भविष्यमा उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुबै खालका सवारी साधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन–कुन भागको अवस्था कस्तो छ भनी जानकारी दिनेछ। सवारी साधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनः मर्मत गरेर ल्याएर अवस्था ठीक भएपछि मात्रै प्रमाणपत्र पाउने व्यवस्था हुनेछ।

यो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट स्लिप, हर्न, लाइटलगायतका कुरा परीक्षण हुने छ। अगाडि र पछाडिको पांग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पांग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ।

त्यससँगै च्यासिस खिया वा कोतरिएको अवस्था बुझ्नका लागि ’भिजुअल इन्स्ट्रक्स’ समेत हुने गरेको छ। हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पुर्याएर र गह्रौँ सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गरिन्छ।

भन्सारबाट आएका विद्युतीय गाडीहरु पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ। यसै अनुसार हाल अन्य सडकका साथै उकालोका लागि भने कपन गुम्बाको उकालो प्रयोग गरेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...

गण्डकी अटो मेकानिकलको अध्यक्षमा अधिकारी

गण्डकी अटो मेकानिकलको अध्यक्षमा अधिकारी

पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा...

कार रेडिएटर फ्लसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ?

कार रेडिएटर फ्लसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ?

कार रेडिएटर फ्लस कारको रेडिएटर सफा गर्न प्रयोग गरिने रसायनको मिश्रण हो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...