जाडोमा कारको हेरचाह : विन्डस्क्रिनमा कुहिरो हटाउन यसो गरौ

सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो । वाइपर बढी चलाउँदा विन्डस्क्रिन चाँडै विग्रनुका साथै भिजिविलिटीमा कमी आउन थाल्छ । विशेषगरी यस्तो जाडो मौसममा हुन्छ ।

चिसो मौसममा विन्डस्क्रिनमा बढी कुहिरो जम्मा हुने हुँदा यसको विशेष ध्यान दिनु पर्छ । विशेषगरी लामो दूरीको यात्रा गर्दा यसमा ध्यान दिनु पर्छ । विन्डस्क्रिनमा जम्मा भएको वाफलाई सजिलै हटाउन पनि सकिन्छ ।

जाडो मौसममा मात्र कारको सिसामा वाफ जम्मा हुन्छ । चिसोबाट बच्न कार भित्र बसेका यात्रुले ज्याकेट र स्वेटर लगाएका हुन्छन् । सिसा बन्द हुँदा भित्र र बाहिरको तापक्रममा परिवर्तन हुन्छ । जसले गर्दा विन्डस्क्रिनमा वाफ जम्मा हुन्छ ।

विन्डस्क्रिनमा वाफ जमेपछि भित्र र बाहिरको तापक्रम बराबर गर्न केही बेर एसी चलाउनुहोस् । यसले विन्डस्क्रिनको वाफ सजिलै हट्छ । तर लामो दुरीको यात्रा गर्दा इन्जिनको तातो हावा विन्डस्क्रिनबाट बाहिर निस्कने हुँदा यस्तो समस्या कमै मात्र हुन्छ ।

विन्डस्क्रिनमा वाफ जम्मा भएका कारण भिजिविलिटीमा कमी आउन सक्छ । यसको कारण दुर्घटना पनि हुन सक्छ । यसबाट बच्नका लागि ढोकाको सिसा केही बेर खोलेर ड्राइभ गर्दा वाफ जम्मा हुँदैन । यसले बाहिरको हावा भित्र पस्छ र भित्रको हावा बाहिर निस्कन्छ र विन्डस्क्रिनमा वाफ जम्मा हुँदैन ।

सम्बन्धित समाचारहरू

आवश्यक तालिम र अन्य व्यवस्थापन पश्चात मात्र युरो ६ लागू गर्नु पर्ने अटो मेकानिक्स व्यवसायी संघको माग

आवश्यक तालिम र अन्य व्यवस्थापन पश्चात मात्र युरो ६ लागू गर्नु पर्ने अटो मेकानिक्स व्यवसायी संघको माग

काठमाडौं – नेपालमा युरो ६ सरहको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने...

बुटवलमा गरियो भवन शिलान्यास, अटो व्यवसायीलाई सीप र शिक्षामा लाग्न मेयर पाण्डेको जोड

बुटवलमा गरियो भवन शिलान्यास, अटो व्यवसायीलाई सीप र शिक्षामा लाग्न मेयर पाण्डेको जोड

बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं,...

कारको स्पार्क प्लग समयमै फेर्दा फाइदा के ? कस्तो अवस्थामा फेर्नुपर्छ ?

कारको स्पार्क प्लग समयमै फेर्दा फाइदा के ? कस्तो अवस्थामा फेर्नुपर्छ ?

स्पार्क प्लगले इन्जिनमा हावा–ईन्धन मिश्रणलाई प्रज्वलित गरी गाडीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...