तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो। हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु तीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए। निर्यात हुन लागेपछि यस नाकाबाट हुने ब्यापार घाटा केहि कम हुने उनको भनाई छ।

रसुवा भन्सार कार्यालयका अनुसार नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहरुमा अंग्रेजी भाषामा मात्र लेबलिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएका थिए। चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो। निर्यात सुरु भएसँगै यस नाकाबाट निर्यातमा संलग्न ब्यबसायीहरु पनि खुसी भएका छन्। तर यस नाकाबाट मानिसको आवतजावत भने तत्काल नहुने बताईएको छ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

बालबालिकाको सुरक्षा र सही रेखदेख गर्नु अभिभावकत्वको सबैभन्दा ठूलो नैतिक,...

शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल...

बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन

बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन

काठमाडौं- महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...