महिन्द्रा एक्सयूभी थ्रीएक्सओले पायो ५ स्टार रेटिङ
महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ ।...
महिन्द्राको सर्बाधिक लोकप्रिय एसयुभी स्कर्पियो एनमा ५ नयाँ भेरियन्ट थप भएको छ । यसअघि २५ भेरियन्टमा उपलब्ध यो एसयूभी अव कुल ३० भेरियन्टमा उपलब्ध हुनेछ । थप भएको नयाँ भेरियन्टको मूल्य १२ लाख ४९ हजारदेखी १६ लाख ९४ हजार भारुसम्म निर्धारण गरिएको छ । नयाँ भेरियन्टसंगै कम्पनीले यसमा केही नयाँ फिचर समेत थप गरेको छ ।
थप भएको नयाँ भेरियन्टमा जेड२ पेट्रोल(ई), जेड२ डिजेल(ई), जेड४ पेट्रोल(ई), जेड४ डिजेल(ई) र जेड४ डिजेल(ई) अल ह्विल ड्राइभ रहेका छन् । यी सवै भेरियन्ट इन्ट्रि र मिड लेवलका हुन भने सवैमा म्यानुअल गियरवक्समा दिइएको छ ।
नयाँ भेरियन्टसंगै कम्पनीले यसअघि जेड४ अटोमेटिक र सोभन्दा माथीको ट्रिममा उपलब्ध रहँदै आएको इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल(इएससी) लाई नयाँ ट्रिम जेड२ का सवै भेरियन्टमा अनिबार्य गरिएको छ । केही समयअघि लन्च भएको यो एसयूभीको माग अहिले भारतीय बजारमा थेगिनसक्नु गरेर वढिरहेको छ । यसको केही भेरियन्टलाई हात पार्न ग्राहकले २ वर्षसम्म कुर्नुपर्ने जनाइएको छ ।
नेपाली बजारमा समेत लन्च भइसके पनि यो एसयुभी हालसम्म पनि बिक्रीका लागी भने उपलब्ध हुन सकिरहेको छैन । भारतीय बजारमै माग अत्याधिक रहेको र विगत ८ महिनासम्म आयतमा प्रतिवन्ध लागेका कारण यो एसयूभी नेपाल आउन ढिला भएको हो । हाल सो प्रतिवन्ध हटिसकेका कारण अवको केही समयपछि यसको औपचारिक बिक्री शुरु हुने अनुमान गर्न सकिन्छ ।
महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ ।...
महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...