टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ टाटा पन्च अर्को वर्ष बिक्री सुरु हुने अपेक्षा गरिएको छ । टाटा मोटर्सले नेक्सन ईभी सार्वजनिक गरेसँगै आफ्नो इलेक्ट्रिक यात्रा सुरु गरेको हो । त्यसपछि टिगोर र टियागोको इलेक्ट्रिक मोडल लन्च गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार टाटा मोटर्सको नयाँ पन्च अर्को वर्षको दोस्रो हाफमा लन्च गर्ने सम्भावना छ । पन्च ईभी टाटा मोटर्सको नेक्सन, टिगोर र टियागो ईभी पछि चौथो प्यासेन्जर ईभी हुनेछ ।

नयाँ टाटा पन्च ईभीको लुक र डिजाइन यसको इन्टरनल कम्बसन इन्जिन मोडेल जस्तै हुनेछ । सो इलेक्ट्रिक कारलाई विशेष लुक दिनका लागि यसमा केही परिवर्तन गर्नेछ । टाटा पन्चको पेट्रोल भर्सन तुलनामा ईभी भर्सनमा धेरै फिचर समावेश हुनेछ ।

नयाँ इलेक्ट्रिक टाटा पन्च अल्फा प्लेटफर्ममा आधारित कम्पनीको पहिलो कार हुनेछ । यसमा २५ केडब्ल्यु ब्याट्री हुने अपेक्षा गरिएको छ र एक पटक चार्जमा लगभग २५० देखि ३०० किलोमिटरको ड्राइभिङ रेन्ज हुने अनुमान गरिएको छ । यो इलेक्ट्रिक एसयूभीले फास्ट चार्जिङलाई पनि सपोर्ट गर्नेछ ।

इलेक्ट्रिक टाटा पन्च सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभी हुनेछ । सो एसयूभीले नेक्सन ईभी र एक्सयूभी४०० सँग प्रतिस्पर्धा गर्नेछ । नयाँ टाटा पन्च ईभीको एक्स–शोरूम मूल्य १० लाख भारु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री उच्च, नेपालमा पनि आउने

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री उच्च, नेपालमा पनि आउने

टीभीएसले इलेक्ट्रिक २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनमा ठूलो लगानी...

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...