कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...
महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने भएको छ । यो नयाँ एसयूभीमा कम्पनीले १.५ लिटर डिजेल इन्जिन दिएर बजारमा उतार्ने तयारी थालेको हो । यो टु ह्विल ड्राइभ अप्सनमा मात्र उपलबध हुने जनाइएको छ ।
हाल उपलब्ध थार २.२ लिटर डिजेल र २.० लिटर टर्वो पेट्रोल इन्जिामा उपलब्ध रहँदै आएकोमा यो नयाँ मोडल इन्ट्रि लेवल थार हुने कम्पनीको भनाई छ । नयाँ थारलाई महिन्द्राले आफ्नो केही डिलरहरुमा समेत पठाइसकेका कारण जनवरीवाटै बिक्री शुरु हुनसक्ने अनुमान लगाइएको छ।
महिन्द्राले यसको पावरट्रेन मराजो एमपिभीबाट लिएको हो । यसमा जडान भएको १४९७ सिसी इन्जिनले ११७ एचपी पावर दिन्छ । जसमा ५ स्पिड म्यानुअल गियरवक्स उपलब्ध हुनेछ । यसमा उपलब्ध फिचरका वारेमा भने हालसम्म कुनै जानकारी वाहिर आइसकेको छैन ।
सानो इन्जिनमा आउने भएपछि यसको मूल्य समेत कम पर्ने देखिन्छ । अफरोडर सेग्मेन्टमा लोकप्रिय वनिरहेको थारको इन्ट्रि लेवलले बजारमा राम्रो प्रतिक्रिया पाउने कम्पनीले विश्वास लिएको छ । महिन्द्राले यो नयाँ पवारट्रेनको थार वाहेक अर्को २.० पेट्रोलमा टु ह्विल ड्राइभको नयाँ भेरियन्ट समेत थप गर्ने तयारी गरिरहेको छ । यो नयाँ भेरियन्ट समेत जनवरीभित्रै लन्च हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...
महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी९०० पेश गर्ने भएको छ ।...
काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...