कोमाकी स्कुटर र बाइकमा ३९ हजारसम्म छुट
काठमाडौं– इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड कोमाकीले नगद छुट अफर ल्याएको छ ।...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। भन्सार विभागको तथांक अनुसार साउन देखि मंसिर महिना सम्मको अवधिमा १३५३ युनिट विद्युतीय कार, जिप र भ्यानहरु नेपाल भित्रिएका हुन्।
तथ्यांक अनुसार ती गाडीको मूल्य करिव ३ अर्ब ८३ करोड रुपैयाँ बराबर छ र यसबाट सरकारले भन्सार शुल्क मात्र १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ।
यो मंसिर महिनामा मात्र ३३५ युनिट विद्युतीय कार आयात भएका छन्। गत महिना ३१३ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । ती मध्ये पनि १०० किलोवाट भन्दा बढी क्षमताका ३३ युनिट मात्र भित्रिएका छन् । सरकारले १०० किलोवाट क्षमता भन्दा माथिको कारमा कर बढाएकाले यसको प्रत्यक्ष असर देखिएको हो ।
यसैगरी २०० किलोवाट क्षमताको ३० युनिट र ३०० किलोवाट क्षमताका ३ युनिट विद्युतीय गाडीहरु आयात भएका छन्। तर १०० किलोवाट क्षमतासम्मको विद्युतीय गाडीहरुको आयात १३२० युनिट भएको छ।
यो अवधिमा सबैभन्दा बढी अर्थात ९४६ युनिट विद्युतीय कार, जिप र भ्यान भारतबाट आयात भएका छन्। भारतबाट सबैभन्दा बढी टाटा नेक्सन र टिगोर ईभी नेपालमा भित्रिरहेको र बढी बिक्री पनि भइरहेको छ ।
त्यसैगरी चीनबाट १९८ युनिट विद्युतीय गाडीहरु आयात भएका छन् भने कोरियाबाट २०२ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन्। कोरियाबाट हुन्डाईले कोना ईभी र आयोनिक ५ बिक्रीका लागि उपलब्ध गराएको छ ।
यसैगरी अमेरिकाबाट ४ र इन्डोनेसियाबाट ३ युनिट विद्युतीय गाडी भित्रिएका छन् । अमेरिकाबाट टेस्ला र इन्डोनेसियाबाट हालै नेपालमा बिक्री प्रारम्भ भएको वुलिङ एयर ईभी भित्रिएको हो ।
काठमाडौं– इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड कोमाकीले नगद छुट अफर ल्याएको छ ।...
सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ...
मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...