निसानको ठूलो पुनरागमन, २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी
निसानले २०२६ देखि आक्रामक प्रोडक्ट प्लान रणनीति अपनाउँदै भारतमा लगातार...
भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ । आरडीईको अर्थ सवारी साधनहरूमा अब रियल–टाइम ड्राइभिङ उत्सर्जन स्तर अनुगमन गर्न एक अनबोर्ड सेल्फ–डायग्नोस्टिक उपकरणसँग फिट हुनेछ । यो यन्त्रले उत्सर्जन मापदण्ड पूरा गर्न कन्भर्टर र अक्सिजन सेन्सर जस्ता मुख्य भागलाई निरन्तर निगरानी गर्नेछ ।
यही नर्म्स उत्सर्जन नियमका कारण कार कम्पनीहरुले जनवरी २०२३ देखि सबै मोडलको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । साथै रिपोर्टका अनुसार २०२३ मा १७ मोडल बन्द हुने सम्भावना छ । केही कारहरु अपडेट गरे पनि यसको मूल्य भने बढ्नेछ ।
हालसम्म सवारी साधनको उत्सर्जन स्तर प्रयोगशालामा परीक्षण गरिन्थ्यो । कारमा रियल लाइफ कन्डिशनमा प्रयोग गर्दा त्यसको उत्सर्जन स्तर बढ्छ । यस्तो अवस्थामा अब उत्सर्जन स्तर अनुगमन गर्न यात्रु तथा व्यावसायिक सवारी साधनमा यो यन्त्र जडान गर्न अनिवार्य गरेको छ ।
कारमा थ्रोटल, क्रयांकशाफ्ट पोजिसन, एयर इन्टेक प्रेसर, इन्जिनको तापक्रम र एक्जस्ट उत्सर्जन सामग्री (पार्टिक्युलेट पदार्थ, नाइट्रोजन अक्साइड, सीओटु, सल्फर) आदि निगरानी गर्न सवारी साधनले प्रयोग गर्ने सेमीकन्डक्टरलाई पनि अपग्रेड गर्नुपर्छ । यसका साथै गाडीमा इन्धन जल्ने स्तरलाई नियन्त्रण गर्नका लागि प्रोग्राम गरिएको फ्युल इन्जेक्टर पनि हुनेछ ।
सन् २०२३ मा यसका कारण टाटा अल्ट्रोज डिजेल, महिन्द्रा मराजो, महिन्द्रा अल्टुरस जी४, महिन्द्रा केयूभी १००, स्कोडा अक्टाभिया, स्कोडा सुपर्ब, रेनो क्विड, निसान किक्स, मारुती सुजुकी अल्टो ८००, टोयोटा इनोभा क्रिस्टा पेट्रोल, हुन्डाई आई२० डिजेल, हुन्डाइ भर्ना डिजेल, होन्डा सिटी फाइभ जेन डिजेल, होन्डा सिटी फोर्थ जेन डिजेल, होन्डा अमेज डिजेल, होन्डा ज्याज र होन्डा डब्लुआर–भी बन्द हुने सम्भावना रहेको छ ।
निसानले २०२६ देखि आक्रामक प्रोडक्ट प्लान रणनीति अपनाउँदै भारतमा लगातार...
जापनिज ब्राण्ड निसानले डोङफेङसँग मिलेर तयार पारेको विद्युतिय सेडान कार...
निसानको सर्बाधिक लोकप्रिय सब कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...