आयातमा थप कडाई गर्ने सरकारको तयारी, असार मसान्तपछि पनि गाडीको आयात खुल्नेमा संशय
सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति...
नेपालमा भित्र्याए पछि विभिन्न प्रदेशमा सवारी साधन दर्ता गर्न सकिने व्यवस्था छ । त्यसैगरी प्रत्येक वर्ष यस्ता सवारी साधन नवीकरण पनि गर्नु पर्छ । यस अनुसार विभिन्न प्रदेशले करको दर निर्धारण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मोटरसाइकल तथा स्कुटर १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि १५० सीसीसम्मको लागि ४ हजार ५००, १५१ सीसीदेखि २५० सीसीसम्मको लागि ५ हजार ५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ८ हजार र ४००० सीसीभन्दा माथि ९ हजार रुपैयाँ रहेको छ।
यसैगरी चारपांङ्ग्रे कार, जीप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको १९ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २१ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३२ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३७ हजार र २९०१ सीसीदेखि माथि ५३ हजार रुपैयाँ कर तिर्नुपर्छ।
डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा ४० हजार रुपैयाँ तोकेको छ। साथै, मिनी टिपरको ३० हजार, ट्र्याक्टरको पाँच हजार, मिनीट्रक/मिनीबसमा २७ हजार र ट्रक/बसको ३० हजार रुपैयाँ तोकिएको छ।
भाडाका कार, जिप, भ्यानमा १३०० सीसीसम्मका १० हजार, १३०१–२००० सीसीसम्मका लागि १२ हजार, २००१–२९०० सीसीसम्मका लागि १४ हजार, २९०१–४००० सीसीसम्मका लागि १६ हजार र सोभन्दा माथिका लागि २० हजार पाँच सय रुपैयाँ सवारी कर निर्धारण गरिएको छ।
भाडाका डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा वार्षिक सवारी कर २५ हजार रुपैयाँ तोकेको छ। साथै ट्र्याक्टरको तीन हजार, मिनीट्रक÷मिनीबसको १५ हजार र ट्रक÷बसको २० हजार र मिनी टिपरका लागि १७ हजार रुपैयाँ तोकिएको छ।
सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति...
काठमाडौँ – सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि १५ दिनका लागि...
ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिनका निम्ति जरिवाना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...