१५० सिसी माथीका यी मोटरसाइकल आयत हुने बाटो खुल्यो

सरकारले यसअघि आयत प्रतिवन्धमा परेका मोटरसाइकल र कार, जिप तथा भ्यानको आयत खुल्ला गर्ने निर्णय लिएको छ । यससंगै वैशाख १४ यता आयत रोकिएका विभिन्न ब्राण्डका १५० सिसी माथीको मोटरसाइकल पुष १ देखी आयत हुन पाउने भएका छन् ।

पहिलो चरणको प्रतिवन्धबाट २५० सिसी माथीका मोटरसाइकल प्रभावित वनेपनि पछि १५० सिसी भन्दा माथीका मोटरसाइलमा समेत यो नियम लागु गरिएको थियो । जसका कारण २५० सिसी माथि सेगमेन्टका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लु सवैभन्दा बढी प्रभावित बनेका थिए भने यो सेग्मेन्टका मोटरसाइकल आयत गर्ने अन्य व्राण्ड केटीएम, बेनेली, होन्डा, सिएफ मोटो, यामाहा लगायत अन्य केही ब्रान्डका मोटरसाइकलको समेत आयत प्रभावित वनेको थियो ।

पछि १५० सिसी माथीका मोटरसाइकलमा समेत प्रतिवन्ध लागु भएपछि हिरो, क्रसफायर र मोटरहेड लगायत ब्राण्डसमेत प्रभावित वनेपनि नेपालमै एसेम्वल हुने कारण बजाज र टिभिएसलाई पने यसले कुनै प्रभाव पारेन । मोटरसाइकल आयतमा प्रतिवन्ध लगाइएपनि आयत किटमा भने खुल्ला गरिएका कारण बजाज र टिभिएसले सवै सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराउँदै आइरहेको थियो ।

आयत खुल्ला भएपछि रोयल इन्फिल्डको बुलेट इलेक्ट्रा, क्लासिक, मेटियर र हिमालयन तथा इन्टरसेप्टर लागयत मोडल नेपाल आउने भएका छन् । रोयल इन्फिल्डले विचको यो समयमा अन्य नयाँ मोडलका मोटरसाइकल समेत लन्च गरिसकेका कारण यी नयाँ वाइक समेत अव नेपाल आउनेछन् ।

सरकारको यो निर्णयले जावा र विएमडव्लुका सवै मोडल नेपाल आउने बाटो खुलेको छ । जावासंग हाल २९३ सिसीको क्लासिक र फोर्टी टु तथा ३३४ सिसीको पेराक मोडल उपलब्ध छ । यसैगरी बीएमडब्लुले बिक्री गर्दै आइरहेको जी ३१० आर र जी ३१० जीएस पनि नेपाल आउनेछन् ।

बिग विङमार्फत उच्च सीसी क्षमताका मोटरसाइकलको बिक्री गर्दै आइरहेको होन्डाको सीआरएफ ३०० एल, ३०० एल र्याली, हाइनेस सीबी ३५०, सीबी ३५० आरएस र सीबीआर ६०० आरआर तथा सिविआर २५०, सिवी हर्नेट १६० आर र एक्सआर १९० एल मोडल समेत आयत हुनेछन् ।

यामाहाका लोकप्रिय मोडलहरु फेजर, आर१५ र एमटी१५ को समेत आयत रोकिँदै आएकोमा अव यी मोडल पनि नेपाल आउनेछन् । यसैगरी अप्रिलियाको एसआर १५० र एसआर १६० स्कुटरको पनि आयत सुचारु हुनेछ ।

किटिएमसंग भएका सवै मोडल १५० सिसी माथीका भएका कारण यी वाइकको समेत आयत हुन सकिरहेको थिएन । अव यो व्राण्डको डुक, आरसी र एड्भेन्चर मोडलका मोटरसाइकल आयत हुनेछन् ।

यसैगरी अन्य व्राण्डमा हिरो एक्सट्रिम २०० आर, एक्सपल्स र एक्सट्रिम १६० आरको समेत आयत सुचारु हुनेछ । वेनेलीको १८० एस, टिएनटी ६०० आई, टिएनटी ३०२ एस, टिआरके २५१ र ७५२ एस लगायत मोडलको आयत पुन सूचारु हुनेछ ।

क्रस फायर र क्रस एक्सका सवै मोडल तथा इटालिका मोटो स्टालियन २५० र नेभडा २५० को पनि आयत हुने बाटो खुलेको छ । प्रतिवन्धनका कारण आयत रोकिएका सुजुकी जिक्सर, मोटरहेड एमएच २००, स्पोर्टस २५०, एक्स टर्क २५०, टेक्कन र स्क्र्याम्वलरको आयत सुचारु हुनेछ ।

आयत प्रतिवन्ध लागु भएपछि सोरुम नै वन्द गरेर वसेको सीएफ मोटोको ४०० एनके, ६५० एनके, ६५० एमटी, ४०० जीटी र रेसर ५५० इएक्सको समेत आयात सुचारु हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...