इकोविट ब्राण्डका दुई इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य, रेन्ज र फिचर

इटालियन व्राण्ड इकोविटका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएका छन् । हिजो सम्पन्न नेपाल इभी एक्सपोमा सार्वजनिक गरिएका यी स्कुटर दुई मोडलमा उपलब्ध रहेको आधिकारिक वितरक ग्लोवल सेभेन प्रालिले वताएको छ । यसका आर३ र आर३ प्रो मोडल उपलब्ध छन् ।

एक्स्पो स्थलबाट वुकिङ खुल्ला गरिएको यी स्कुटरको औपचारिक बिक्री केहि दिनबाट शुरु हुने कम्पनी स्रोतको भनाई छ । यी दुई स्कुटरमध्ये आर३ मोडलमा ६० भोल्ट ४० एम्पिएर आवरको लिथियम आयोन व्याट्री र ३ किलोवाट क्षमताको वोस्क मोटर जडान गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी आर३ प्रोमा ७२ भोल्ट ३२ एम्पियर आवरको डवल व्याट्री तथा ४ किलोवाट क्षमताको मोटर जाडन गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ । यसमा पनि वोस्क व्राण्डको मोटर जडान गरिएको हो । यसको मूल्य नेपाली बजारमा ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी दुवै स्कुटरमा डवल डिस्क व्रेक, फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध छन् । यसको मोटर, व्याट्री र चार्जरमा ग्राहकले २ वर्षसम्मको वारेन्टि पाउनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...