विद्युतीय सवारी साधनमा सर्वसाधारणहरुको आकर्षण बढ्दै

नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ ।  

गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको इभि नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ताहरु आएको आयोजकले बताएको छ । 

नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले बताएको छ । इभि एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणहरुको आकर्षक बढेको देखिएको बताए । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधरणहरु एक्स्पो अवलोनक गर्न आएको बताए । 

एक्स्पोका आयोजक क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरु आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको उनाले बताए । अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पु-याए मात्रै पनि धेरै नेपाली पैसा नेपाल भित्र नै रहने उनले बताए । 
 
त्यस्तै विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकनकर्ताहरु आएको बताए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरुको भन्दा अरुको सम्भावना कम रहेको बताए । विद्युतीय सवारीसाधनप्रति मानिसहरुको आकर्षण बढ्नु सकारात्मक रहेको उनले बताए । 

इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारका मानिसहरु नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसारणको उपस्थित राम्रो रहेको बताए । उनले एक्स्पोमा भएको उपस्थितीले नेपालीहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने बताए । नेपाल जलविद्युतमा धनी भएकाले अब सबै नेपालीले विद्युतीय सवारीसाधन प्रयोग गर्नु आवश्यक रहेको उनले बताए  । 

त्यस्तै, एक्स्पो अवलोकन गर्न आउने सर्वसाधरणले भने विद्युतीय सवारी साधन चढ्नुपर्ने भएपनि अत्याधिक महँगो भएको गुनासो गरे ।
 
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्छ । एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा छन् ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...

प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्दा नगद छुट देखि आईफोन र स्कुटर सम्म उपहार पाइने

प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्दा नगद छुट देखि आईफोन र स्कुटर सम्म उपहार पाइने

काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय...

ग्यारो स्कुटरको ‘चार्ज गर मुस्कान भर’ अफर, के-के छन् आकर्षण ?

ग्यारो स्कुटरको ‘चार्ज गर मुस्कान भर’ अफर, के-के छन् आकर्षण ?

काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...