भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर सार्वजनिक गरेको छ । सो स्कुटर इटालीमा भएको ईआईसीएमए २०२२ अटो शोमा सार्वजनिक गरिएको थियो । सो स्कुटर हाई पर्फमेन्स स्कुटरको रुपमा ल्याइएको छ र यसका लागि यसमा ३०० सीसी एचपीई पावरट्रेन थपिएको छ ।

भेस्पा जीटीभीलाई स्पोर्टी लुक दिइएको छ । स्कुटरमा कन्ट्रास्टिङ अल–ब्ल्याक ह्यान्डलबार, ५ स्पोक अलोय ह्विल, फुट पेग र रियर ग्य्राब रेल जस्ता डिजाइन रहेको छ । जीटीभी स्कुटरमा एलईडी हेडल्याम्प समावेश छ ।

पियाजियो भेस्पा जीटीभीमा ३०० सीसी सिंगल सिलिन्डर, ४–भल्व टाइमिङ, लिक्विड कुलिङ एचपीई पावरट्रेन छ । २०२२ भेस्पा जीटीभीको पावर आउटपुट २३.४ बीएचपी छ ।

स्कुटरमा कि स्लटको सट्टामा इग्निशन स्टार्ट बटन छ । यो नयाँ एलसीडी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा उपलब्ध छ । जीटीभी स्टोरेज कम्पार्टमेन्ट भित्र कनेक्टिभिटी सिस्टम एक्सेसरी पनि उपलब्ध छ । सो स्कुटरमा एएसआर इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल र एन्टी–लक ब्रेकिङ सिस्टम समावेश छ ।

अहिले सार्वजनिक मात्र गरिएकाले यसको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षको रौनक : डेल्टा अटोकर्पले ल्यायो विशेष अफर ‘नयाँ युगको नयाँ राइड’

नयाँ वर्षको रौनक : डेल्टा अटोकर्पले ल्यायो विशेष अफर ‘नयाँ युगको नयाँ राइड’

काठमाडौं – नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र...

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

काठमाडौं– भेष्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक वितरक डेल्टा...

यस्तो छ भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे १२५, मूल्य २ लाख ८३ हजार ९४६

यस्तो छ भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे १२५, मूल्य २ लाख ८३ हजार ९४६

इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...