चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान, ४ महिनामै भित्रिए १ हजार भन्दा बढी

कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना यता नेपालमा यस्ता गाडी आउन सकिरहेका छैनन् । यी गाडी नेपाल आउन नपाएपछि यसको सिधा फाइदा इलेक्ट्रिक कार आयातकर्तालाई पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल १ हजार १८ युनिट इलेक्ट्रिक कार आयात भएसँगै यो वर्ष यस्ता कारको बिक्री ३ हजार युनिट नाघ्ने अनुमान लगाइएको छ । जुन हालसम्मकै वढी युनिट हुनेछ । अघिल्लो आर्थिक वर्षमा १ हजार ५ सय युनिट हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए ।

चालु आर्थिक वर्षको चार महिनामा सवैभन्दा बढी इलेक्ट्रिक कार भारतबाट आयात भएको छ । भारतबाट टाटा नेक्सन र टिगोर ईभी गरी कुल ६८९ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । भारतपछि कोरियाबाट यस्ता कार दोस्रो बढी संख्यामा नेपाल आएका छन् । यो अवधिमा कोरियाबाट कोना र आयोनिक ५ गरी कुल १६५ युनिट कार नेपाल आएका हुन् ।
तेस्रो धेरै युनिट चीनबाट आयात गरिएको छ । चीनबाट बीवाईडी, एमजी, नेटा भी लगायत ब्रान्डका कार आयात भैरहेका छन् । यो अवधिमा चीनबाट १६२ युनिट यस्ता कार आयात भएको उल्लेख छ । अमेरिकाबाट भने जम्मा २ युनिट टेस्ला आयात भएको देखिन्छ ।

यसरी आयात हुने कारको ठूलो हिस्सा १ सय किलोवाट भन्दा कम मोटर जडितले ओगटेको छ । उक्त मोटर क्षमतासम्मका कारमा जम्मा १५ प्रतिशतमात्र भन्सार दर लाग्ने नियमका कारण बजारमा यस्ता कारको माग समेत बढी छ । चार महिनामा आयात भएको इलेक्ट्रिक कारमध्ये जम्मा २५ युनिटमात्र एकसय किलोवाट बढी क्षमताका छन् ।

कम क्षमताका मोटर जडित इलेक्ट्रिक करको माग अत्यधिक संख्यामा भएपनि आयातकर्ता कम्पनीले सप्लाई भने गर्न सकिरहेका छैनन् । बजारमा अहिले पनि नेक्सन र टिगोर ईभी वुक गरेर वस्ने ग्राहक ५ सय हाराहारी रहेको बताइएको छ । टाटाले सप्लाइलाई सहज वनाएको अवस्थामा वार्षिक ३ हजार भन्दा बढी युनिट त यी कार नै विक्री हुने देखिन्छ । जसले ईभीको बजारलाई झनै गति दिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

सुनराका दुई इलेक्ट्रिक स्कुटर नेपालमा, यस्तो छ नयाँ ब्रान्ड

सुनराका दुई इलेक्ट्रिक स्कुटर नेपालमा, यस्तो छ नयाँ ब्रान्ड

काठमाडौं – नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘सुनरा’ का इलेक्ट्रिक स्कुटर...

टेस्ला मोडल३ को प्रतिस्पर्धी सीललाई विवाइडीले अटो एक्सपो २०२३ मा प्रदर्शन गर्ने

टेस्ला मोडल३ को प्रतिस्पर्धी सीललाई विवाइडीले अटो एक्सपो २०२३ मा प्रदर्शन गर्ने

अटो एक्सपो २०२३ मा चीनीयाँ अटो उत्पादक विवाइडीले तीनवटा इलेक्ट्रिक कारलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...