अटोमोबाइल उपकरण उपलब्ध गराउदै आएको हिट्कोले नेपालमा पुरा ग-यो ४७ वर्ष

अटोमोबाइल र मेटरियल ह्यान्डलिङ सम्बन्धी विभिन्न उपकरण नेपालमा बिक्री–वितरण गरिरहेको हिट्को प्रालिले ४७ वर्ष पुरा गरेको छ । ४८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा हिट्कोले आगामी दिनमा अझै ग्राहकमैत्री बन्ने र ग्राहकको सेवामा थप समर्पित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधान भन्छन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याउनमा ग्राहक वर्गको भूमिका महत्वपूर्ण छ । लामो समय देखि हाम्रो वफादार ग्राहक बनेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा समेत उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो नीतिप्रति हामी प्रतिवद्ध छौ ।’

हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।

कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।

पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरण समेत उपलब्ध गराउदै आएको प्रधान बताउछन् । नेपाली बजारमा उपलब्ध बीवाईडी, नेटा, एमजी मोटर आदिसँग कम्पनीले सहकार्य गरिरहेको छ । समयक्रममा नयाँ प्रविधि भित्रिएसँगै त्यसै अनुसारको उपकरण समेत भित्र्याइरहेको उनले बताए ।

शुरुमा हिट्कोले सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएको थियो । पछि यसले अन्य प्रकारका उपकरण समेत आयात गर्न थाल्यो ।

हिट्को प्रालिले हाल एल्गी र एटिएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । खासगरी सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ ।

हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

किन आउन छोड्यो बाइकमा किक स्टार्ट सिस्टम ? यस्तो छ कारण

किन आउन छोड्यो बाइकमा किक स्टार्ट सिस्टम ? यस्तो छ कारण

पहिलेको तुलनामा अहिले बाइक हाइटेक बन्दै गएको छ । हरेक वर्ष बाइकमा कुनै न...

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम...

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...