भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्दै होन्डा

जापनिज अटो निर्माता होन्डाले भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्ने घोषणा गरेको छ । २०२३ को अप्रिल महिनादेखी भारतमा ‘रियल ड्राभिङ इमिसन’ मापदण्ड लागु हुनु अगावै कम्पनीले डिजेल इन्जिनको उत्पादन वन्द गर्ने घोषणा गरेको हो ।

विएस६ को फेज २ अन्तर्गत लागु हुन गैरहेको उक्त मापदण्डका कारण सवारीसाधनको मूल्य बृद्धि हुने भन्दै कम्पनीले यस्तो निर्णय लिएको हो ।

होन्डाले हाल भारतमा १.५ लिटर आई–डिटइसी डिजेल इन्जिन राखेर अमेज, सिटी, ज्याज र डव्लुआर–भीको उत्पादन गर्दै आइरहेको छ । जसमध्ये डब्लुआरभी र ज्याज एवं अमेजको केही भेरियन्टको केही समय अघिदेखिनै उत्पादन वन्द भैसकेको छ ।

होन्डाले भारतमा सन् २०१३ देखी डिजेल इन्जिनयुक्त कारको उत्पादन गर्दै आइरहेको थियो । उसले सवैभन्दा पहिले अमेजमा यो इन्जिनलाई प्रयोगमा ल्याएको थियो । डिजेल इन्जिन प्रयोग गरिएका होन्डा अमेज, सिटी र डव्लुआरभी नेपाली बजारमा समेत उपलब्ध रहँदै आइरहेका छन् ।

सम्बन्धित समाचारहरू

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा...

१००० सीसी सुपर स्पोर्ट्स मोटरसाइकलमा कोरला नाका पुगे सौरभ ज्योति, बन्यो रेकर्ड

१००० सीसी सुपर स्पोर्ट्स मोटरसाइकलमा कोरला नाका पुगे सौरभ ज्योति, बन्यो रेकर्ड

काठमाडौं – प्रसिद्ध अटोमोबाइल व्यवसायी एवं मोटरसाइकल सौखिन सौरभ ज्योति...

बीएस६ इन्जिनयुक्त होन्डा एसपी १२५ को बिक्री शुरु

बीएस६ इन्जिनयुक्त होन्डा एसपी १२५ को बिक्री शुरु

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...