४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
मारुती सुजुकीले नयाँ ईको एमपीभी भारतमा लन्च गरेको छ । यो ५ लाख १३ हजार भारु मूल्यमा लन्च गरिएको हो । सो भ्यान पेट्रोल र सीएनजी दुवै भर्सनमा उपलब्ध छ ।
कम्पनीले यसलाई नयाँ १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन दिएको छ । ड्युअल जेट र ड्युअल भिभीटी प्रविधिले सुसज्जित यो इन्जिनले पेट्रोलमा ८० बीएचपी पावर र १०४.४ एनएम टर्क, सीएनजीमा ७१ बीएचपी पावर र ७१ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीका अनुसार पेट्रोल मोडलको माइलेज २० किलोमिटर प्रतिलिटर र सीएनजी मोडलको माइलेज २७.०५ किलोमिटर प्रतिलिटर रहेको छ ।
नयाँ ईको भ्यानमा नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एयर प्युरिफायर, नयाँ स्टेयरिङ ह्विल, म्यानुअल एयर कन्डिसनर, रिभर्स पार्किङ सेन्सर, हाजार्ड स्विच, ड्युअल एयरब्याग, एबीएस–ईबीडी र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध छन् ।
इकोलाई थप स्टाइलिस बनाउनका लागि यसलाई नयाँ मेटालिक ब्रिस्क ब्लु बडी कलरमा ल्याइएको छ । यसका साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, नयाँ स्टेयरिङ ह्विल र एसी तथा हिटरका लागि नयाँ रोटरी कन्ट्रोल दिइएको छ ।
नेपाली बजारमा हाल इको भ्यान उपलब्ध भइरहेकोमा नयाँ भर्सन पनि आगामी दिनमा आउने अपेक्षा गर्न सकिन्छ ।
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ ।...
बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...