रातमा समेत ट्राफिक प्रहरीको गति नियन्त्रण अभियान, नाइट भिजन लेजर स्पिड गनको प्रयोग
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका...
काठमाडौं – आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भइरहेको छ । निर्वाचन भएकाले आज तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने व्यवस्था छ ।
निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । यस अनुसार मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका हुन्छन् ।
उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ।
अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ।
अशक्तताको कारणले आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछन्।
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका...
काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका...
काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालकसँग कारवाहीका लागि लिएका विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...