-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित
काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...
रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको गोवामा चलिरहेको राइडर मेनिया २०२२ मा सो मोटरसाइकल सार्वजनिक भएको हो । यद्यपि कम्पनीले सो मोटरसाइकल आधिकारिक रुप्मा भने आगामी २०२३ जनवरीमा मात्र लन्च गर्ने बताएको छ ।
नामका आधारमा यो मोटरसाइकल हाल बजारमा उपलब्ध मेटियर ३५० को माथिल्लो भर्सन जस्तो लाग्छ । तर नाम वाहेक यी दुई मोटरसाइकलमा अन्य केही समानता छैन ।
रोयल इन्फिल्ड सुपर मेटियर ६५० पुरै नयाँ च्यासिसमा आधारित छ भने इन्टरसेप्टर र जीटी ६५० पछि ६५० सीसीको प्यारालल ट्विन इन्जिन उपलब्ध तेस्रो मोटरसाइकल हो ।
यो मोटरसाइकलमा अपसाइड डाउन शोवा फोर्क्स छ, जुन रोयल इन्फिल्डमा पहिलो पटक प्रयोग गरिएको हो । त्यसैगरी आल्मुनियम स्विच, अलोय ह्विल, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ट्रिपर नेभिगेसन, फरवार्ड सेट फुटपेग, ठूलो र फराकिलो ह्यान्डलबार, डिस्क ब्रेक तथा पुरै रिडिजाइन गरिएको एक्जस्ट सिस्टम छ ।
क्रुजर प्लेटफर्ममा भएकाले यो मोटरसाइकललाई धेरैले रुचाउने अपेक्षा गरिएको छ । अन्य जस्तै यसमा पनि ६४८ सीसीको एयर तथा वाटरकुल्ड प्यारालल ट्विन इन्जिन जडान गरिएको छ, जसले ४६ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा १५.७ लिटरको इन्धन ट्यांकी छ भने तौल २४१ किलोग्राम छ, जसले गर्दा यो अहिले सम्म रोयल इन्फिल्डको सबै भन्दा बढी तौलको मोटरसाइकल बनेको छ ।
यद्यपि यसको सिट हाइट भने ७४० एमएम छ भने १३५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।
स्ट्यान्डर्ड र टुरर गरी दुई भेरिएन्टमा यो मोटरसाइकल उपलब्ध हुनेछ । राइडर मेनियामा रजिस्टर गरेका सहभागीहरुले यो मोटरसाइकल अहिले नै बुकिङ गर्न पाएका छन् । यद्यपि सबैका लागि भने जनवरीमा मात्र बुकिङ खुला हुनेछ । यसको मूल्य ४ लाख भारु हाराहारी हुने अनुमान गरिएको छ ।
काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...
काठमाडौं – आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा...
रोयल इन्फिल्डले नोभेम्बर २२ देखि २४ सम्म हुने मोटोभर्स २०२४ मा गोआन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...