सडक दुर्घटना पीडितहरुको गरियो सम्झना, विभिन्न माग प्रस्तुत

काठमाडौं – सडक दुर्घटना पीडितहरुको सम्झनामा आज एक कार्यक्रम गरिएको छ । सो अवसरमा न्यायको लागि हस्ताक्षर गरियो । त्यस्तै दुर्घटना पीडितहरुले सही नीति र कार्यक्रम, पूर्बाधारमा लगानी तथा सुरक्षित यात्राको अधिकार ग्यारेन्टीको समेत माग गरे । त्यस्तै दुर्घटना पश्चात उद्दार, उपचार र पुनर्स्थापना तथा कानुनी सहयोगको लागि राज्यसित माग गरे ।

कार्यक्रममा विभिन्न बिज्ञ तथा अभियानकर्ताहरुले पीडित र पुनःस्थापना बारेमा आफ्ना धारणा राखेका थिए । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) का काउन्सिल मेम्बर गोबिन्द भट्टराई, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा पद्म बहादुर शाही, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल ट्रान्सपोर्टका प्रवेश पौडेल र नासा नेपालका सचिव निरज खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै एकेडेमिक नेटवर्क फर ट्रान्सपोर्ट सेफ्टी रिसर्चका गिरिराज दहाल तथा युथ फर रोड सेफ्टी नेपालकी प्रकृति अर्याल लगायतले बिश्वकै पीडितका समस्या र उपाय बारेमा विचार प्रस्तुत गरेका थिए ।

एक बर्षभरी सडक दुर्घटनामा जीबन गुमाएकाहरुको स्मरण गरी शुरु भएको कार्यक्रममा हस्ताक्षर संकलन गरिएको हो । कार्यक्रममा अभियन्ता तथा दुर्घटना पीडित रामबहादुर तामाङ र कल्पना विष्टले नेपालभरिका दुर्घटना पीडितका अवस्था र आगामी दिनमा सरकारले गर्नु पर्ने कामको बारेमा अनुभव राखेका थिए ।

संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने यो दिबस नासा नेपाल लगायतका संस्स्थाले विगत एक दशक देखि नेपालमा मनाउदै आएका छन् । संसारमा करिब १३ लाखले जीबन गुमाउने सडक दुर्घटनाले नेपालमा बार्षिक ३ हजार ज्यादा ले ज्यान गुमाउँछन भने १० हजार बढी गम्भीर घाइते हुन्छन् ।

सम्बन्धित समाचारहरू

बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट...

नवनिर्वाचित सांसदहरुलाई नासा नेपालको बधाई, सडक सुरक्षा र साहसिक खेलकुदप्रति प्रतिबद्धता

नवनिर्वाचित सांसदहरुलाई नासा नेपालको बधाई, सडक सुरक्षा र साहसिक खेलकुदप्रति प्रतिबद्धता

काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका...

नासा फाउन्डेसन र अटो पत्रकार संघ (जाम) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

नासा फाउन्डेसन र अटो पत्रकार संघ (जाम) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं – नेपालमा सडक सुरक्षा र मोटर स्पोट्र्सको क्षेत्रमा कार्यरत नासा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...