पहिले नै ६ हजार युनिट बुकिङ भएको सर्बाधिक सस्तो इलेक्ट्रिक कार लन्च

भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार लन्च भएको छ । मुम्बईस्थित ईभी स्टार्टअप कम्पनी पीएमभीले पहिलो स्मार्ट माइक्रो कार लन्च गरेको हो ।

पीएमभी इलेक्ट्रिकले सो कारको नाम ईएसएस–ई राखेको छ । यसको मूल्य ४ लाख ७९ हजार भारु तोकिएको छ । नानो आकारको सो ईभी भारतकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनेको छ ।

पहिलो १० हजार ग्राहकका लागि मात्र लागू हुने सो मूल्य सार्वजनिक हुनु भन्दा पहिले नै ६ हजार युनिट बुकिङ भइसकेको छ । अब सो कम्पनीको वेबसाइटबाट यसको बुकिङ गर्न सकिन्छ ।

सिंगल चार्जमा १२०, १६० र २०० किलोमिटर रेन्ज दिने बताइएको सो कारमा तीन ब्याट्री विकल्प रहेका छन् । ४८ भोल्ट लिथियम आइरन फस्फेट ब्याट्रीलाई ४ घण्टा भन्दा कम समयमै चार्ज गर्न सकिन्छ । कुनै पनि १५ एम्पियर आउटलेबाट चार्ज गर्न सकिने सो कारका लागि कम्पनीले ३ किलोवाटको एसी चार्जर पनि दिन्छ । यसले अधिकतम १३ एचपी पावर र ५० एनएमको टर्क जेनेरेट गर्छ । यसले ७० किलोमिट प्रतिघण्टाको अधिकतम स्पिड दिन्छ भने ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन्छ ।

१७० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो कारमा सर्कुलर हेडल्याम्प छ भने कारको पुरै चौडाईमा फैलिएको एलईडी लाइट बार छ ।

यसमा डिजिटल इन्फोटेनमेन्ट सिस्टम, यूएसबी चार्जिङ पोर्ट, एयर कन्डिसनर, रिमोट किलेस इन्ट्री, रिमोट पार्क असिस्ट, क्रुज कन्ट्रोल आदि फिचर छ । सबै यात्रुका लागि एयरब्यागका साथै सिटबेल्ट पनि छ ।

यसैगरी विभिन्न राइडिङ मोड, ब्लुटुथ कनेक्टिभिटी, अनबोर्ड नेभिगेसन, कनेक्टेड स्मार्टफोन कल कन्ट्रोल आदि फिचर छन् ।

नेपालमा भने यो कार तुरुन्तै उपलब्ध हुने सम्भावना छैन । एक स्टार्टअप कम्पनीले सार्वजनिक गरेको र यसको आधिकारिक वितरक अहिले नेपालमा नभएकाले नेपाली बजारमा सो कार तत्काल उपलब्ध हुने सम्भावना नभएको हो ।

सम्बन्धित समाचारहरू

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...