आज सबैभन्दा सस्तो इलेक्ट्रिक कार लन्च हुँदै

सस्तो इलेक्ट्रिक कारको खोजी गर्नेहरुलाई लक्ष्यित गर्दै भारतमा आज एक इलेक्ट्रिक कार सार्वजनिक हुँदैछ । मुम्बईस्थित इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले पहिलो इलेक्ट्रिक कार ईजी अर्थात ईएएस–ई लन्च गर्दैछ ।

माइक्रो क्याटगोरीको सो कारको मूल्य भारतमा ४ लाख भारु हाराहारी हुनेछ । यसो भयो भने यो भारतकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ ।

यो कार आकारमा मारुती अल्टो भन्दा सानो हुनेछ र यसमा ४ सिट क्षमता हुनेछ । सो कारको लम्बाई २९१५ एमएम, चौडाइ ११५७ एमएम, उचाई १६०० एमएम, ह्विलबेस २०८७ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम हुनेछ । यसको वजन लगभग ५५० किलोग्राम हुनेछ ।

पीएमभी ईजी कारमा १० केडब्ल्युएच लिथियम आइरन फस्फेट ब्याट्रीको साथमा १५ केडब्ल्युएच पीएमएसएम इलेक्ट्रिक मोटर जडान गरिनेछ । यसको टप स्पिड ७० किमी प्रतिघण्टा हुनेछ । कम्पनीका अनुसार सो इलेक्ट्रिक कार ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा प्रति चार्ज १२० किलोमिटरदेखि २०० किलोमिटरको रेन्ज दिइनेछ । कम्पनीले सो कार मिड भेरिएन्ट र टप भेरिएन्ट लन्च गर्न सक्छ ।

पीएमभी इलेक्ट्रिकका संस्थापक कल्पित पटेलले सो माइक्रो इलेक्ट्रिक कार डायरेक्ट–टू–कन्ज्युमर विजनेस मोडलको आधारमा बिक्री गरिने बताए । सो कार वार्षिक १५ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

नाइमा अफर : केई एक्स३ प्रो ईभीमा ९ लाख छुट र अन्य सुविधा

नाइमा अफर : केई एक्स३ प्रो ईभीमा ९ लाख छुट र अन्य सुविधा

काठमाडौं – केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...

एलोन मस्क राजनीतिमा अल्झिदा युरोपमा बीवाईडीलाई ठूलो फाइदा, युरोपबाट कसरी हराउँदै छ टेस्ला ?

एलोन मस्क राजनीतिमा अल्झिदा युरोपमा बीवाईडीलाई ठूलो फाइदा, युरोपबाट कसरी हराउँदै छ टेस्ला ?

विद्युतीय सवारी साधन बजारमा एलोन मस्कको टेस्ला र बीवाईडीबीच कडा...

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...