यस्तो हुनेछ अप्रिलियाको इलेक्ट्रिक बाइक, कन्सेप्ट सार्वजनिक

विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका छन् । यसै सन्दर्भमा अप्रिलिया पनि यो क्षेत्रमा प्रवेश गरेको छ ।

अप्रिलियाले फ्युचर इलेक्ट्रिक मोटरसाइकलको आइडिया सार्वजनिक गरेको छ, जसलाई ‘इलेक्ट्रिका’ नाम दिइएको छ । क्लासिक कन्सेप्ट फेसनमा भएको सो इलेक्ट्रिक मोटरसाइकलको स्पेसिफिकेसन भने सार्वजनिक गरिएको छैन । यद्यपि सबैको पहुँचमा पुग्ने फन मोटरसाइकल हुने र भर्खरै बाइक चलाउन थालेका नयाँ राइडरलाई यसले लक्ष्यित गर्ने कम्पनीको भनाइ छ ।

यो मोटरसाइकल हलुका हुनुका साथै सानो समेत हुनेछ । ह्यान्डल बारबाटै फ्रन्ट र रियर ब्रेक कन्ट्रोल गर्न सकिने यो मोटरसाइकललाई भर्खरै स्कुटर वा साइकल चलाएकाहरुले निकै नै रुचाउने अपेक्षा गरिएको छ ।

होचो सिट र अपराइड राइडिङ पोजिसन समेत भएकाले नयाँ राइडरका लागि यो चलाउन सहज हुनेछ । यसको डिजाइन पनि लोभलाग्दो छ । यो ट्रिम र एंगुलर बाइक हुनेछ । यसमा भएको ट्रिपल हेडलाइट क्लस्टर पनि आकर्षक हुनेछ ।

यद्यपि अप्रिलियाले यो मोटरसाइकल बिक्रीका लागि कहिले उपलब्ध हुन्छ भन्ने वारेमा केही बताएको छैन । अहिले कन्सेप्ट भर्सन मात्र सार्वजनिक भएकाले प्रोडक्सन भर्सन आउनका लागि लामै समय कुर्नु पर्ने हुन सक्छ ।

सम्बन्धित समाचारहरू

लुयान इलेक्ट्रिक स्कुटरमा भएको ‘आयल कुल्ड हव’ मोटर के हो ? के छन् यसका विशेषता ?

लुयान इलेक्ट्रिक स्कुटरमा भएको ‘आयल कुल्ड हव’ मोटर के हो ? के छन् यसका विशेषता ?

इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड लुयानका नेपाली बजारमा विभिन्न मोडलका...

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

काठमाडौं – नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले...

इलेक्ट्रिक स्कुटर सुपर सोको सीपीएक्स : आफ्नै ब्याट्री, टप स्पिड ९० किमी

इलेक्ट्रिक स्कुटर सुपर सोको सीपीएक्स : आफ्नै ब्याट्री, टप स्पिड ९० किमी

नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये सुपर सोको सीपीएक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...