सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of Remembrance for Road Traffic Victims) यस वर्ष पनि नोभेम्बर महिनाको तेस्रो आइतबार संसारभरी विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

यो एउटा विश्वव्यापी र अन्तर्राष्ट्रिय अभियान हो, जसलाई संयुक्त राष्ट्रसंघले समेत मान्यता दिएको छ । यस कार्यक्रम अन्तर्गत संसारका सडकहरूमा मारिएका र गम्भीर रूपमा घाइते भएका लाखौंलाई सम्झने र सबै प्रभावित पीडितहरू, परिवारहरू र समुदायहरूको पीडालाई पहिचान गरिन्छ । अनगिन्ती पीडितहरु पहिले नै भएको अवस्थामा अहिले पनि लाखौ पीडितहरु प्रत्येक वर्ष थपिदै छन्, जुन सबैका लागि निकै नै पीडादायी छ ।

सरकार तथा दुर्घटना नियन्त्रण एवं रोकथामको क्षेत्रमा कार्यरत विश्वका लाखौ मानिसहरुलाई यस सम्बन्धमा झक्झक्याउन र एक अर्काप्रति हातेमालो गर्दै दुर्घटना नियन्त्रण गर्नुका साथै पीडितहरुलाई सहयोग प्रदान गर्नका लागि यो दिनले महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

उक्त दिवसका कारण सर्वसाधारणले समेत सडक दुर्घटना, यसको असर र मूल्य तथा यसको न्यूनीकरणका लागि अपनाइएका विभिन्न विधि तथा प्रक्रियाको बारेमा आवश्यक जानकारी प्राप्त गर्न सक्छन् । त्यसैगरी अब गरिनुपर्ने आवश्यक कार्ययोजनाका वारेमा समेत सबैले जानकारी लिन सक्छन् । यो वाहेक सडकलाई अझै सुरक्षित बनाउनका लागि सरकार तथा समाज सबैको जिम्मेवारीका वारेमा समेत बुझ्ने अवसर प्रदान गर्छ ।

यो वर्ष पनि नोभेम्बर महिनाको तेस्रो आइतबार अर्थात आगामी मंसिर ४ गते विश्वभर सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व दिवस मनाइदै छ । यस वर्षको यो दिवसको नारा Remember, Support, Act  रहेको छ भने JUSTICE थिम राखिएको छ ।

World Day of Remembrance for Road Traffic Victims नाममा सन् १९९३ देखि संसारकै सडक यातायात दुर्घटना पीडितहरुको विश्व दिवसको रुपमा संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सर्वप्रथम सन् १९९३ देखि बेलायतबाट यस प्रकारको दिवस मनाउन थालिएको थियो । सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफईभीआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन शुरु गरे । शुरुमा यसलाई ‘युरोपियन डे अफ रिमेम्बरेन्स’ को रुपमा मनाइएको थियो । तर पछि अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न देशले समेत मनाउन थाले । सन् २००० मा पोप र अन्य धार्मिक समुदायका नेताहरुले समेत यसलाई मनाउन थाले र सन् २००० देखि यसलाई ‘वर्ल्ड डे’ को रुपमा मनाउन थालियो भने संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ । नेपालमा विगत केही वर्ष यता नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को अगुवाईमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा यो दिवस मनाइदै आएको छ ।

आज संसारमा सडक दुर्घटनाका कारण वर्षेनी १४ लाख भन्दा ज्यादाको अकाल मृत्यु, करोडौंको अंगभंग र अपाङ्गको अवस्था अनि खरबौंको आर्थिक क्षतिको त्रासदीमा हामी बाँचिरहका छौं । त्यसबाट छुटकारा पाउने विभिन्न अभियानहरु विश्वव्यापी रुपमै चलिरहेका छन् र नेपालमै पनि ।

नेपालमा आज सडक दुर्घटना अकाल मृत्युको पहिलो कारण हो भन्दा फरक नपर्ला । विगत एक दशक देखि नेपालमा सुरक्षित सडक र सवारीको क्षेत्रमा संगठित प्रयास शुरु भएको छ । जसले सरकारसँग विभिन्न क्षेत्र र कार्यक्रममा हातेमालो गरिरहेको पनि छ । साथै UN एजेन्सीहरु, WHO, FIA, ग्लोबल एलायन्स तथा IRVP जस्ता विश्व संगठनहरु यो अभियानमा सक्रिय छन् ।

यस वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार अर्थात मंसिर ४ गते आम निर्वाचन भएकाले तेस्रो शनिवार नै यस सम्बन्धी विभिन्न गतिविधिहरु हुनेछन् । नेपालमा सडक सुरक्षा सम्बन्धी कार्यमा संलग्न नासा नेपाल र नासा फाउन्डेसनले नेसनल एलायन्ससँगको सहकार्यमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय वक्ताहरुको उपस्थितिमा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया गर्नुका साथै अन्य विविध गतिविधि समेत गर्नेछन् ।

त्यस कार्यक्रममा ग्लोबल एनजीओ एलायन्स फर रोड सेफ्टी, एफआईए फाउन्डेसन, यातायात मन्त्रालय तथा विभिन्न क्षेत्रका व्यक्तिहरु जुम मिटिङमा सहभागी हुनेछन् ।

त्यसैगरी मंसिर ४ गते नै धुलिखेलमा पीडितहरुको सम्झनामा दीप प्रज्वलन र श्रद्धाञ्जली सभा पनि आयोजना हुँदैछ ।

सम्बन्धित समाचारहरू

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

काठमाडौं–बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आयोजना हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...