होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले मिलानमा चलिरहेको ईआईसीएमए २०२२ मा आफ्नो पहिलो ई–स्कुटर ईएम१ई सार्वजनिक गरेको छ । सो स्कुटर सिटी राइडको लागि डिजाइन गरिएको छ । यद्यपि यसको बारेमा कम्पनीले अझै जानकारी दिएको छैन र यो एक प्रोटोटाइप मोडल हो ।

कम्पनीले ईएम१ईको छोटो भिडियो पनि सार्वजनिक गरेको छ । कम्पनीले यसको ब्याट्री क्षमता र पावरट्रेनको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

कम्पनीले दिएको जानकारी अनुसार सो स्कुटरको रेन्ज निकै कम छ । यसको रेन्ज मात्र ४० किलोमिटर रहेको छ । तर, कम्पनी स्रोतका अनुसार बजारमा लन्च हुँदा यसको रेन्ज बढाएर १०० किलोमिटर भन्दा बढी हुनेछ । यसमा १० इन्चको अलोय ह्विल जडान गरिएको छ ।

कम्पनीका अनुसार सो स्कुटर २०२३ मा युरोपेली बजारमा लन्च गर्नेछ । यद्यपि अन्य देशमा कहिले लन्च हुने जानकारी दिइएको छैन । सो स्कुटरको ओला, हिरो भिडा र टीभीएस आइक्युबसँग प्रतिस्पर्धा हुनेछ ।

सन् २०२५ सम्ममा होन्डाले १० वटा इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन लन्च गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सवारी साधन सम्बन्धी...

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

युरोपीयन संघ र भारतले इलेक्ट्रिक सवारी साधनका ब्याट्री रिसाइक्लिङ...

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...