बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई आफ्नो वेबसाइटबाट हटाएको छ । स्रोतका अनुसार भारतमा यसको बिक्री शून्य भएपछि बन्द गर्नु परेको हो । यसअघि पनि मारुतीको एस–क्रसको बिक्री कम भएपछि बन्द गरिएको थियो ।

फेस्टिभ सिजनमा पनि अर्बन क्रुजरको एउटा पनि एसयूभी बिक्री हुन सकेन । अर्बन क्रुजर र भिटारा ब्रेजालाई एउटै प्लेटफर्ममा लन्च गरिएको हो । मारुतीले अहिले ब्रेजा मोडल मात्रै बजारमा बिक्री गरिरहेको छ ।

अर्बन क्रुजरको बिक्री बन्द गर्ने सम्बन्धमा टोयोटाको तर्फबाट कुनै वक्तव्य नआए पनि वेबसाइटबाट हटाइएको छ । कम्पनीले अस्थायी रुपमा बुकिङ बन्द गरेको पनि बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार सेप्टेम्बरमा टोयोटा अर्बन क्रुजरको ३३० युनिट बिक्री गरेको थियो तर अक्टोबरमा यसको बिक्री शून्यमा झ¥यो । अर्बन क्रुजरको स्टक भएका टोयोटाका डिलरहरूले निरन्तर छुट अफर दिएर सो एसयूभीको कटौती गरिरहेका थिए ।

अर्बन क्रुजरमा ५० हजारदेखि ७० हजार भारुसम्म छुटको व्यवस्था पनि थियो । यसमा नगद र कर्पोरेट छुटका साथै एक्सचेन्ज बोनस र निःशुल्क सामान दिइँदै आएको थियो । अर्बन क्रुजरको एक्स शोरुम मूल्य ९ लाख भारुदेखि सुरु हुन्छ । यसमा जडान गरिएको के सिरिजको १.५ लिटर पेट्रोल इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

स्टकमा उपलब्ध छैन टोयोटा हाइलक्स, नयाँ गाडी लिन एक महिना कुर्नुपर्ने

स्टकमा उपलब्ध छैन टोयोटा हाइलक्स, नयाँ गाडी लिन एक महिना कुर्नुपर्ने

काठमाडौं – महंगो र प्रिमियम पिकअपका रुपमा परिचित टोयोटा हाइलक्सको...

नाइमा एक्सपाेकाे सबैभन्दा महंगो गाडी टोयोटाको ल्यान्डक्रुजर २५०, यस्ता छन् फिचर

नाइमा एक्सपाेकाे सबैभन्दा महंगो गाडी टोयोटाको ल्यान्डक्रुजर २५०, यस्ता छन् फिचर

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल...

टोयोटाले ग्राहकलाई १०० भन्दा बढी रङ विकल्प उपलब्ध गराउने, ‘ड्रेस अप’ प्रविधि ल्याउँदै

टोयोटाले ग्राहकलाई १०० भन्दा बढी रङ विकल्प उपलब्ध गराउने, ‘ड्रेस अप’ प्रविधि ल्याउँदै

समय बित्दै जाँदा सवारी साधनको चमक पनि घट्दै गएको हुन्छ । पुराना सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...