३५ हजार रुपैयाँसम्म बढ्यो ओकिनावा स्कुरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची
इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त...
टाटा मोटर्स इलेक्ट्रिक सवारी साधनको निर्माणमा तीव्रता दिन प्रयासरत छ । टाटा मोटर्सले हालसम्म ५० हजार युनिट इलेक्ट्रिक सवारी साधन उत्पादन गरिसकेको छ ।
कम्पनीले ५ वर्षमा १० ईभी लन्च गर्ने योजना बनाएको छ र कम्पनीले भविष्यका इलेक्ट्रिक सवारी साधनको लागि तीन चरणको आर्किटेक्चरमा ध्यान केन्द्रित गरिरहेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरूको ईभी क्षेत्रमा आवश्यकता पूरा गर्न मल्टि मोड रिजन र मल्टी ड्राइभ मोड जस्ता फिचर ल्याएको छ । टाटाका सबै इलेक्ट्रिक कारमा हाई भोल्टेज जिप्ट्रोन आर्किटेक्चर उपलब्ध छ ।
टाटा मोटर्सले आफ्ना विद्यमान ईभी ग्राहकहरूलाई कम्पनीका सबै इलेक्ट्रिक कारका सफ्टवेयर अपडेटहरू पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरुका लागि ईभीको पहुँच सजिलो बनाउन टाटा मोटर्सले ८० वटा नयाँ शहरहरुमा प्रवेश गरेको छ र १६५ भन्दा बढी शहरहरुमा आफ्नो नेटवर्क विस्तार गरेको छ ।
भारतमा टाटा मोटर्सको आफ्ना सबै सवारी साधनको मूल्य ०.९ प्रतिशतले बढाएको छ । उत्पादन लागत बढेका कारण कारको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ । यसअघि पनि कम्पनीले जुलाईमा नेक्सन ईभी र नेक्सन ईभी म्याक्सको मूल्यमा ०.५५ प्रतिशतले बढाएको थियो ।
तर पनि टाटा मोटर्सका इलेक्ट्रिक कारको माग बढ्दो छ । नेपालमा पनि ग्राहकको माग बमोजिमको संख्यामा टाटाका इलेक्ट्रिक कार उपलब्ध हुन सकेका छैनन् ।
इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...