कस्तो होला यामाहाको इलेक्ट्रिक स्कुटर ?

टु ह्विल निर्माता कम्पनी यामाहा पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्दै इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । रिपोर्टका अनुसार कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना छ ।

यसमा एलईडी लाइट, आरामदायी सिट, अन्डर–सिट स्टोरेज, डिस्क ब्रेक, एबीएस, वाइड टायर, स्मार्टफोन कनेक्टिभिटी, डिजिटल डिस्प्ले जस्ता फिचर दिइनेछ ।

यद्यपि कम्पनीले अहिलेसम्म यसमा जडान गरिने ब्याट्रीको बारेमा कुनै जानकारी दिएको छैन । तर, रिपोर्टका अनुसार यामाहाको यसमा जडान गरिने ब्याट्रीले एक पटक चार्ज गर्दा करिब १०० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ । सो स्कुटरका एक भन्दा बढी भेरिएन्ट ल्याउन सकिने अपेक्षा गरिएको छ ।

यामाहाले इलेक्ट्रिक स्कुटरबाहेक आगामी दिनमा इलेक्ट्रिक बाइक पनि ल्याउने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०५० सम्ममा आफ्नो पोर्टफोलियोको ९० प्रतिशत विद्युतीकरण गर्ने योजना बनाएको छ ।

यामाहा कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेमा हिरो भिडा, ओला एसवान, एथर ४५० एक्स, बाउंन्स इन्फिनिटी ई१, टीभीएस आईक्युब जस्ता स्कुटरलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

हुन्डाईका इलेक्ट्रिक कार किन्न अब ९.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

भारतमा मेड इन इन्डिया हाइड्रोजन फ्युल बस सुरु

भारतमा मेड इन इन्डिया हाइड्रोजन फ्युल बस सुरु

भारतमा पहिलो पटक स्वदेशी रूपमा विकसित हाइड्रोजन फ्युल सेल बसको उद्घाटन...

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा, मूल्य ५७ लाख रुपैयाँ

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा, मूल्य ५७ लाख रुपैयाँ

काठमाडौं – आर्क्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...