फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
कम्प्याक्ट एसयूभीको बढ्दो मागलाई मध्यनजर राख्दै एसयूभीका लागि चर्चित कम्पनी जिपले पनि सो सेग्मेन्टमा नयाँ कार बजारमा ल्याउने निर्णय गरेको छ । जिपले आफ्नो कम्प्याक्ट एसयूभी २०२३ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ । हाल बजारमा नेक्सन, ब्रेजा, भेन्यु र सोनेट जस्ता एसयूभी रहेका छन् ।
जिपले सो कारको मूल्य पनि मिडिल क्लासको पहुँच पुग्ने गरी राख्नेछ । यसको मूल्य करिब १० लाख भारु हुनसक्ने बताइएको छ । जिपले कम्प्याक्ट एसयूभी सेगमेन्टमा नेक्सन, ब्रेजा, भेन्यु र सोनेट जस्ता एसयूभी लागि कडा प्रतिस्पर्धा दिनेछ । जिप गुणस्तरीय विश्वस्तरीय कार उत्पादनका लागि प्रसिद्ध छ ।
जिपले कम्प्याक्ट एसयूभीमा अल ह्विल ड्राइभ सिस्टम पनि जडान गर्ने अनुमान गरिएको छ । कारको उत्पादन स्थानीय तहमा हुनेछ । यद्यपि कम्पनीले अहिलेसम्म यसबारे कुनै आधिकारिक घोषणा गरेको छैन न त कारको डिजाइन वा मूल्यबारे केही बताएको छ ।
जिपको सो एसयूभीमा एलईडी हेडल्याम्पका साथै एलईडी डीआरएल, एलईडी टेलल्याम्प, अलोय ह्विल, क्लाइमेट कन्ट्रोल एसी, सनरुफ, ६ एयरब्याग, स्मार्टफोन कनेक्टिभिटीसहितको इन्फोटेनमेन्ट सिस्टम जस्ता धेरै फिचर हुनेछ ।
जिपले यस कारमा पेट्रोल इन्जिन मात्र दिनेछ । कम्पनीले यसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान गर्न सक्ने अनुमान गरिएको छ । सो इन्जिनले १०० बीएचपी पावर जेनेरेट गर्नेछ । साथै, यसले उत्कृष्ट माइलेज दिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...