फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको फेस्टिभल सिजनमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको बताएको छ ।

नेपाली बजारमा हाल राफ्ट मोटर्सका ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसले सिंगल चार्जमा ३२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

उचित मूल्य, धेरै राम्रो किलोमिटर रेन्ज, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीको भनाइ छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार रुपैयाँ बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ ।

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शक एब्जर्बर्, मल्टी मोड्स अफ ड्राइभिङ, फास्ट चार्जको लागि १० एम्पियर चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र रेन्जको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक राफ्ट स्कुटरले दिने ३२० किलोमिटर रेन्ज नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज मान्न सकिन्छ ।

पुराणिक भन्छन्, ‘यसका अतिरिक्त हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइल क्षेत्रको लोकप्रियतामा वृद्धि ल्याउन ठूलो भूमिका खेलिरहनु भएको छ ।’

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेइकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको बताएको छ ।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरू सहित गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बीवाईडीको नयाँ पिकअप ट्रकको नाम शार्क हुने र आगामी अप्रिल २५ देखि शुरु हुने...

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...

नेटा अटोले हासिल ग-यो ४ लाख कार उत्पादनको माइलस्टोन, सार्वजनिक भयो नेटा एल

नेटा अटोले हासिल ग-यो ४ लाख कार उत्पादनको माइलस्टोन, सार्वजनिक भयो नेटा एल

हिजो अर्थात मार्च २५, नेटा अटोका लागि महत्वपूर्ण माइलस्टोन हासिल भएको दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...