कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै
टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...
ओला इलेक्ट्रिकले डिसेम्बर २०२१ देखि आफ्नो इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गरेको थियो । कम्पनीले १० महिनामा १ लाख उत्पादनको आँकडा पार गरेको छ । सन् २०२२ को अक्टोबर महिनामा नै कम्पनीले २० हजार युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ६० प्रतिशत बढी हो ।
ओला इलेक्ट्रिकले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक एस१ एयर ७९ हजार ९९९ भारुमा लन्च गरेको छ । नयाँ स्कुटर ओला एस१ एयरको बिक्री फेब्रुअरी २०२३ बाट सुरु हुनेछ र यसको डेलिभरी अप्रिल २०२३ बाट सुरु हुनेछ । सो इलेक्ट्रिक स्कुटर मात्र ९९९ भारुमा बुक गर्न सकिन्छ । यसमा २.५ केडब्ल्युएच लिथियम आयोन ब्याट्री जडान गरिएको छ । सो स्कुटरको रेन्ज १०१ किमी प्रति चार्ज भएको कम्पनीले दावी गरेको छ ।
सो स्कुटरमा टर्बोसँगै कम्पनीले ७५० वाटको पोर्टेबल चार्जर उपलब्ध गराउनेछ । यसको मद्दतले ६ घण्टामा ब्याट्री फुल चार्ज गर्न सकिनेछ । ओलाको हाइपर चार्जर स्टेशनले १८ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सकिनेछ ।
ओलाले यस स्कुटरमा ७ इन्चको टचस्क्रिन डिस्प्ले दिएको छ, जुन मुभ अपरेटिङ सिस्टमसँग आउँछ । यसमा अक्टा–कोर प्रोसेसर र ३ जीबी ¥याम भएको चिपसेट छ । यसले ४जी, वाइफाइ र ब्लुटुथलाई सपोर्ट गर्छ ।
नेपाली बजारमा समेत ओलाका दुई मोडलका स्कुटर केही समय अघि भित्रिएका छन् ।
टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...
काठमाडौं – नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...