नोभेम्बर ८ मा सार्वजनिक हुँदै रोयल इन्फिल्ड सुपर मेटियर ६५०, टिजर सार्वजनिक

रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी नोभेम्बर ८ मा इटालीको मिलानमा हुने ईआईसीएमए २०२२ मोटर शोमा सार्वजनिक गरिने छ ।

यसको आधिकारिक नाम कम्पनीले सार्वजनिक गरेको छैन तर यसको नाम ‘सुपर मेटियर ६५०’ हुने र मेटियर ३५० जस्तै हुने अनुमान गरिएको छ ।

नयाँ सुपर मेटियर ६५० बाइक इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० को प्लेटफर्ममा आधारित हुनेछ । यसको इन्जिन र ट्रान्समिसनमा पनि धेरै परिवर्तन हुनेछ ।

सुपर मेटियर ६५० बाइक क्रुजर बाइक हो । यसमा ६४८ सीसीको इन–लाइन ट्विन सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्सको साथै स्लिप एण्ड असिस्ट क्लच उपलब्ध हुनेछ ।

सो बाइकमा आवश्यकता अनुसार नयाँ च्यासिस अपडेट हुने सम्भावना बढी छ । सुपर मेटियर ६५० बाइकमा एलईडी लाइट, सेमी–डिजिटल मिटर क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, डिस्क ब्रेक, स्लिप एण्ड असिस्ट क्लच, ड्युअल च्यानल एबीएस र ट्रिपर टर्न–बाई–टर्न नेभिगेसन सिस्टम जस्ता फिचर हुनेछ ।

कम्पनीले जारी गरेको टिजरमा बाइकको पछाडिको भाग मात्र देख्न सकिन्छ । यसमा मेटियर ३५० मा जस्तै एलईडी टेलल्याम्प देख्न सकिन्छ । यसमा ट्विन एक्जस्ट र स्प्लिट सिटहरू छन् । जे–प्लेटफर्ममा आधारित स्वीच गियर पनि दिइएको छ । टिजरमा ट्रिपर नेभिगेसन सिस्टम पनि देखिन्छ ।

नयाँ सुपर मेटियर ६५० बाइक २०२२ मा भारतमा लन्च हुने सम्भावना छ र २०२३ को शुरुवातमा बिक्रीको लागि उपलब्ध हुनेछ । नेपालमा पनि आउने सम्भावना भने हुन सक्छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...

इक्मा शोमा रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट देखाउने

इक्मा शोमा रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट देखाउने

रोयल इन्फिल्डले इटालीको मिलानमा आयोजना हुने ईआइसिएमए(इक्मा) टु–ह्विलर...

यस्तो हुनेछ उत्तरी मोरङको राजारानीमा हुने राइडर्स मिटको आकर्षण

यस्तो हुनेछ उत्तरी मोरङको राजारानीमा हुने राइडर्स मिटको आकर्षण

ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले उत्तरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...