सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन
ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...
काठमाडौं – नेपाली बजारमा हाल नेटा भी विद्युतीय कार बिक्री–वितरण गरिरहेको सीजी मोटर्सले चांगनका विद्युतीय भ्यान समेत भित्र्याएको छ ।
हाल विशेष गरी दीगो र अन्य केही कम्पनीका विद्युतीय भ्यान चलिरहेको समयमा चांगनको भी५ समेत भित्रिएको हो । पेट्रोलियम पदार्थको बढ्दो मूल्यका बीच लामो दुरीमा समेत चलाउनका लागि यस्ता विद्युतीय भ्यान उपयोगी हुने छन् । ११ सिटे सो विद्युतीय भ्यानले सिंगल चार्जमा ३०० किलोमिटर दिने दावी गरिएको छ ।
चांगन भी५ मा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ । १७५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो भ्यानलाई अधिकतम १०० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुदाउन सकिन्छ ।
चांगन भी५ मा स्ट्यान्डर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर प्रयोग गर्न सकिन्छ । यसका साथै कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर समेत निःशुल्क उपलब्ध गराउने छ ।
सीजी मोटर्सले यो इलेक्ट्रिक भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
नेटा भी इलेक्ट्रिक कार र ओला इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको सीजी मोटर्सले आगामी दिनमा भी७ मोडल समेत नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । सीजी मोटर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...
काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै...
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...