सवारी साधन उत्पादनमा नेपालका दुई छिमेकी देश, चीन पहिलो वन्दा भारत चौथो स्थानमा

नेपालका दुई छिमेकी राष्ट्र चीन र भारत सवारी साधन उत्पादनमा आक्रमक वनिरहेका छन् । सन् २०२१ मा उत्पादन भएका कारको संख्यालाई आधार मान्दा चीन विश्वको सर्बाधिक कार उत्पादन गर्ने राष्ट्र वनेको छ भने भारत चौथो स्थानमा रहन सफल भएको छ ।

गत वर्ष चीनले कुल २ करोड ८ लाख सवारी साधन उत्पादन गर्दै विश्वमा सर्बाधिक कार उत्पादन गर्ने राष्ट्र वनेको हो । सवारीसाधन उत्पादनमा मात्र होइन चीन विश्वमा सर्बाधिक सवारी साधन खपत गर्ने राष्ट्र समेत हो । चीनमा विश्वका सवैजसो वहुराष्ट्रिय व्रान्ड सहित अनगिन्ति संख्यामा आफ्नै स्वदेशी ब्रान्डले सवारी साधन उत्पादन गर्छन् ।

चीनपछि अमेरिकाले ९१ लाख ६० हजार युनिट सवारीसाधन उत्पादन गर्दै दोस्रो स्थानमा रहन सफल भएपनि यी दुई राष्ट्रले उत्पादन गर्ने सवारीसाधनको संख्यामा भने भारी मात्राले अन्तर देखिएको छ । यसैगरी ७८ लाख युनिट उत्पादन सहित जापान तेस्रो वनेको छ । जापानको आफ्नै ब्रान्ड टोयोटा, निशान, होन्डा र मित्सुविसी लगायतले विश्वका कैयन राष्ट्रमा प्लान्ट लगाएर सवारीसाधन उत्पादन गर्दै आइरहेको छ ।

अमेरिका र जापानलाई पछ्याउँदै भारतले ४३ लाख ९० हजार युनिट गाडी उत्पादन गरेको छ । भारतमा पनि विश्वका कैयन बहुराष्ट्रिय व्रान्ड सहित स्वदेशी ब्रान्डमा टाटा र महिन्द्रा सहित मारुतीसंगको सहकार्यमा सुजुकीले ठूलो परिणाममा सवारी साधन उत्पादन गर्दै आएका छन् ।

सर्बाधिक सवारी साधन उत्पादन गर्ने राष्ट्रको पाँचौ स्थानमा दक्षिण कोरिया, छौटौंमा जर्मनी, सातौमा मेक्सिको, आठौंमा ब्राजिल, नवौँमा स्पेन र दशौं स्थानमा अर्को एसियाली राष्ट्र थाइल्यान्ड सामेल छन् । यी राष्ट्रले उक्त वर्ष क्रमश ३४ लाख ६० हजार, ३३ लाख, ३१ लाख ४० हजार, २२ लाख ४० हजार, २० लाख ९० हजार र १६ लाख ८० युनिट सवारीसाधन उत्पादन गरेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...