तीन महिनामा नेपाल भित्रियो ७०५ युनिट इलेक्ट्रिक कार, सवैभन्दा बढी भारतबाट

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन् । साउनदेखी असोज मसान्तसम्म यती धेरै इलेक्ट्रिक कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तीन महिनामा नेपाल भित्रिएको यो संख्या हालसम्मकै उच्च हो । यसरी आयत भएको यी कारबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा हाल भारत, चीन, कोरिया, जापान र अमेरिका लगायत देशबाट यस्ता कार आयत भैरहेका छन् । भारतबाट सवैभन्दा बढी ५०२ युनिट कार आयत भएको विभागको तथ्यांकले देखाएको छ । नेपालमा हाल भारतबाट टाटाका नेक्सन र टिगोर मोडल आयत भैरहेका छन् । यो तीन महिनाको अवधिमा आयत भएका कुल इलेक्ट्रिक कारमा टाटाका इभीले मात्र ७२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

भारतपछि कोरियाबाट १२० युनिट कार आयत भएका छन् । कोरियाबाट हाल हुन्डाइका कोना र आयोनिक ५ मात्र आयत भैरहेका छन् । भारत र कोरियाबाट आयत हुने इलेक्ट्रिक कारको संख्यामा बृद्धि हुँदै गर्दा चीनबाट आयत हुने संख्यामा भने ह्रास आएको छ । चीनसंगको नाका विगत लामो समयदेखी बन्द हुँदा पनि यो अवधीमा उक्त राष्ट्रबाट आउने यस्ता कारको अयातमा कमी आएको हो ।

तीन महिनामा चीनबाट कुल ७९ युनिट कार आयत भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट हाल विवाइडी, एमजी र नेटा लगायत ब्राण्डका कार आयत हुँदै आइरहेका छन् ।

यो समय अवधीमा अमेरिकाबाट कुल ४ युनिट टेस्ला कार नेपाल आएका छन् । उक्त समय अवधिमा जापानबाट आयत हुँदै आइरहेको निशान लिफको भने कुनैपनि युनिट नेपाल आएको देखिँदैन ।

चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट माथीका मोटर जडित इलेक्ट्रिक कारमा भारी मात्राले भन्सार र अन्तशूल्क बृद्धि गरिएका कारण यसरी आयत हुने कारको ठूलो हिस्सा सोही क्षमतासम्मको मोटर जडित कारको रहेको छ । इलेक्ट्रिक कारको आयतमा सरकारले लचिलो निती लिएको र कम्वस्चन इन्जिनयुक्त गाडीको आयत विगत ६ महिनायता ठप्प पारिएका कारण पनि नेपालमा यस्ता कारको मागमा बृद्धि भैरहेको छ ।

सम्बन्धित समाचारहरू

टाटाको तनाव बढ्ने ! मारुतीले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने

टाटाको तनाव बढ्ने ! मारुतीले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने

मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मध्ये एक हो ।...

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

सामान्यतया ह्वाइट हाउसको साउथ लनमा जिप -याङगलर कुदेको दृश्य देखिँदैन । अझ...

लिपमोटर बी१० अब मात्र ५४ लाख ९९ हजारमा, ग्राहकले खोजेका सबै विशेषता उपलब्ध

लिपमोटर बी१० अब मात्र ५४ लाख ९९ हजारमा, ग्राहकले खोजेका सबै विशेषता उपलब्ध

नेपालभर अन्य ब्रान्डहरूले गाडीको मूल्य निरन्तर बढाइरहेका बेला, भर्खरै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...