-यालीक्रस र अटोक्रसको मार्सल तालिम सम्पन्न
कठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा अन्तर्राष्ट्रिय तथा...
फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट्स गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ ।
फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो ।
सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य एकेन्द्र कुँवर, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राज वैद्य, एफआईए वल्ड काउन्सिल सदस्य गोविन्द भट्टटराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरी धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले खेलाडी तथा अफिसियललाई बिदाई गरेका थिए ।
नेपालको तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागीता जनाउनेछ । कार्टिङ स्प्रिन्टमा सहभागिता जनाउन लागेका दिप्रश शाक्यले प्रतियोगिता विश्वकप स्तरको भएको र ओलम्पिक संरचनामा खेलाइने बताए । उनले विश्वस्तरको प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि ठूलो मौका भएको बताए ।
यस्तै, अटोल स्लेलममा नेपालको तर्फबाट महिला र पुरुष विधामा सहभागिता जनाउन लागेका अनिल बराल र जिस्वा तुलाधर श्रेष्ठले प्रतिष्पर्धामा राम्रो प्रदर्शन गर्ने बताए । ९० देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पनि झण्डा फहराउने अवसर भएको भन्दै उत्कृष्ट नतिजाका लागि प्रतिष्पर्धा गर्ने अटो स्लेलमका प्रतिष्पर्धीले बताए ।
ओलम्पिक फर्म्याटमा हुने यो नै एफआईएको एक मात्र प्रतियोगिता हो । संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्ट्स नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रुपमा शुरुवात भएको हो । प्रतियोगितामा १७ वढी विधामा विश्वभरका खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । अक्टोबर २६ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले एफआईएको विश्वस्तरीय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।
कठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा अन्तर्राष्ट्रिय तथा...
FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट...
छोटो समयमै नेपालमा मोटरस्पोर्ट्स सम्बन्धी खेलहरुले राम्रो स्थान ओगटेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...