टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

विश्व प्रख्यात इभी निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ । इलेक्ट्रिक गाडीहरु बजारमा धेरैजसो महँगो आइरहेका बेला टेस्लाले सस्तो सस्तो मूल्यमा सानो कार निर्माण गर्न लागेको हो । बजेट कारको निर्माण गर्ने विषयको टेस्लाका सञ्चालक इलन मस्कले पुष्टि गरेका हुन् ।

टेस्लाको जोड अब सानो इलेक्ट्रिक कार निर्माणमा हुने उनले बताएका छन् । यसका लागि कम्पनीले नयाँ प्लेटफर्मको विकास समेत गर्ने उनले खुलाए । साना ह्याचब्याकलाई टेस्लाले छुट्टै प्लेटफर्ममा निर्माण गर्नेछ । यी कारको मूल्य हाल विक्री भैरहेका मध्यम रेन्जका मोडलको तुलनमा आधाले सस्तो पर्ने कम्पनीको भनाई छ ।

हाल टेस्लाले डिजाइन गरेको सानो ह्याचब्याक २५ हजार डलरसम्मका छन् । यसका लागि मोडल २ वा क्यु राखिने कम्पनीले जनाएको छ । हाल भएका मोडलहरुको सुरुवाती मूल्य ४८ हजार डलर निर्धारण गरिएको छ । यो नयाँ गाडी निर्माण गर्नको लागि प्राविधिक टोलीले अब नयाँ प्लेटफर्ममा आफ्नो मुख्य फोकस राख्ने कम्पनीको भनाइ छ ।

नयाँ कारमा कुन साइजको व्याट्री जडान हुने र यसको पावर तथा पर्फमेन्स र रेन्ज कति रहने भन्ने विषयमा कुनै विवरण वाहिर ल्याइएको छैन । पछिल्लो समय टेस्ला कारको मूल्यमा बृद्धि हुँदै गएपछि यसको बिक्री समेत प्रभावित वनिरहेको छ । बिक्री घट्न थालेपछि टेस्लाले बजेट कार ल्याउन गृहकार्य थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

विवाइडीले अब इलेक्ट्रिक र प्लग–इन हाइब्रिड कारमात्र उत्पादन गर्ने

विवाइडीले अब इलेक्ट्रिक र प्लग–इन हाइब्रिड कारमात्र उत्पादन गर्ने

चाइनिज अटो निर्माता विवाइडीले अब इलेक्ट्रिक र प्लग इन हाइब्रिड कार मात्र...

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको प्रिमियम ईभी जिकर ००१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...